मदन भण्डारी स्पोट्स एकेडेमीले राष्ट्रव्यापी खेलकुद प्रतियोगिता गर्ने

काठमाडौं । मदन भण्डारी स्पोटर्स एकेडेमीले ७१ औं मदन जयन्तीको अवसरमा असार ३ गतेदेखि २२ गतेसम्म विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने भएको छ ।
एकेडेमीले आईतवार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ७१ औं मदन जयन्तीका अवसरमा असार २२ गतेसम्म विभिन्न विधामा राष्ट्रव्यापी खेलकुद प्रतियोगिता आयोजना गर्ने जानकारी गराएको हो ।
२० दिनसम्म सञ्चालन हुने प्रतियोगिताका लागि आयोजकले तालिका सार्वजनिक गरेको हो । जस अन्तर्गत एकेडेमीले विभिन्न ८ विधामा खेलकुद गर्ने जनाएको छ । खेल तालिका अनुसार भैरहवा,दमक, वीरगञ्ज र जनकपुरमा ट्यालेन्ट हन्टसहित यु–१४, यु–१६ र यु– १८ प्रतियोगिता हुनेछ । यस प्रतियोगिता असार ३ देखि असार २० गतेसम्म हुनेछ ।
खुला कलेजस्तरीय भलिबल प्रतियोगिता भने असार ८ देखि १३ गतेसम्म बुटवल र काठमाडौंमा हुनेछ । झापामा रेस्लिङ प्रतियोगिता हुने एकेडेमीका अध्यक्ष धु्रव आचार्यले जानकारी दिए ।
त्यस्तै बुटवल र काठमाडौंमा असार ११ देखि १६ सम्म विद्यालयस्तरीय बुद्धिचाल, अन्तरकलेज उपत्यकास्तरीय बास्केटबल काठमाडौंमा हुनेछ भने काठमाडौंमा असार १७ देखि १८ सम्म फुल कन्ट्याक्ट कराते, असार २२ गते काठमाडौंमा प्रशिक्षण तथा तालिम र असार २० देखि २१ सम्म उपत्यकास्तरीय तेक्वान्दो प्रतियोगिता ललितपुरमा हुने एकेडेमीले आयोजकले सार्वजनिक गरेको तालिकामा उल्लेख गरेको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्री गुरुङको स्पष्टीकरण : केही लुकाएको छैन, ऋण लिए सेयर किनेको हुँ
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
प्रतिक्रिया