नेपाली सेनाद्वारा कैलालीको ऐतिहासिक किल्ला पुनर्निर्माण

धनगढी । नेपाली सेनाले कैलालीमा जीर्ण बनेका ऐतिहासिक किल्ला पुनर्निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । कैलालीको गोदावरी नगरपालिका–१२ मा पर्ने ऐतिहासिक तारागढी र ताराकोट किल्लाको पुनर्निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।
अंग्रेजहरूसँग लडाइ हुँदा राजाका सेनाहरू उक्त गढीमा आश्रय लगेर लडेका थिए । तर ती गढीको पुनर्निर्माण नहुँदा जीर्ण बनेका थिए ।
१६ लाख बढीमा निर्माण गरिएका तारागढी र ताराकोट आइतबार गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट मार्फत स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । आइतबार उक्त किल्ला उद्घाटन कार्यक्रम आयोजना गर्दै स्थानीय तहलाई हस्तान्तरण गरिएको देवी दल गण तेघरी अत्तरियाले जनाएको छ ।
कार्यक्रममा देवी दल गणका गणपति सुनिल मल्ल, गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट , वडा नम्बर १२ का वडा अध्यक्ष भीम खड्का, वडा नम्बर १० का वडा अध्यक्ष रवीन्द्र शाही, वडा नम्बर ११ का वडा अध्यक्ष प्रेमसिं बडैला लगायतका जनप्रतिनिधि र सेनाका अन्य उच्च अधिकारीहरूको सहभागीता रहेको थियो ।
















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया