नेपाली सेनाद्वारा कैलालीको ऐतिहासिक किल्ला पुनर्निर्माण

धनगढी । नेपाली सेनाले कैलालीमा जीर्ण बनेका ऐतिहासिक किल्ला पुनर्निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको छ । कैलालीको गोदावरी नगरपालिका–१२ मा पर्ने ऐतिहासिक तारागढी र ताराकोट किल्लाको पुनर्निर्माण गरी स्थानीय तहलाई हस्तान्तरण गरेको हो ।
अंग्रेजहरूसँग लडाइ हुँदा राजाका सेनाहरू उक्त गढीमा आश्रय लगेर लडेका थिए । तर ती गढीको पुनर्निर्माण नहुँदा जीर्ण बनेका थिए ।
१६ लाख बढीमा निर्माण गरिएका तारागढी र ताराकोट आइतबार गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट मार्फत स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । आइतबार उक्त किल्ला उद्घाटन कार्यक्रम आयोजना गर्दै स्थानीय तहलाई हस्तान्तरण गरिएको देवी दल गण तेघरी अत्तरियाले जनाएको छ ।
कार्यक्रममा देवी दल गणका गणपति सुनिल मल्ल, गोदावरी नगरपालिकाका प्रवक्ता गोपालदत्त भट्ट , वडा नम्बर १२ का वडा अध्यक्ष भीम खड्का, वडा नम्बर १० का वडा अध्यक्ष रवीन्द्र शाही, वडा नम्बर ११ का वडा अध्यक्ष प्रेमसिं बडैला लगायतका जनप्रतिनिधि र सेनाका अन्य उच्च अधिकारीहरूको सहभागीता रहेको थियो ।
















काराेबारसँगै बढ्यो सेयर बजार
जाँचबुझ आयोगको समय २० दिन थप
झापाका ९५ मतदानस्थल अति संवेदनशील
कांग्रेसका मुख्य सचिव पौडेलले दिए राजीनामा
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिक्रिया