आफुलाई दुबईको राजकुमार बताउने माक्तुमको सबै कार्यक्रम सरकारले रोक्यो

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंको निमन्त्रणामा नेपाल आएका दुबईका राजपरिवार सदस्य शेख मोहम्मद माक्तुम जुमा ला माक्तुमको सबै औपचारिक कार्यक्रममा सरकारले रोक लगाएको छ ।
सरकारी संयन्त्रलाई जानकारी नदिइ औपचारिक कार्यक्रममा सहभागी भएको र हुन लागेको भन्दै गृह मन्त्रालयले माक्तुमका लागि तय गरिएका सबै कार्यक्रमहरुमा रोक लगाएको हो ।
सुरक्षा संवेदनशीलताको दृष्टिमा विदेशबाट उच्च तहको पाहुना आउँदा सरकारसँग स्वीकृति लिनुपर्ने तर अनुमति नलिइ माक्तुमको कार्यक्रमहरुमा तय गरिएको भन्दै सरकारले रोक लगाएको हो ।
माक्तुम तीन दिने नेपाल भ्रमणबारे परराष्ट्र मन्त्रालयलाले हालसम्म कुनै जानकारी पाएको छैन । यस्ता भ्रमणमा परराष्ट्र मन्त्रालयलाई जानकारी दिनुपर्ने व्यवस्था रहेको छ ।
माक्तुम तीन दिने नेपाल भ्रमणका लागि शनिबार काठमाडौं आएका हुन् । सरकारलाई जानकारी नगराइ तय गरिएको भ्रमणमा आएका माुक्तुम त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेर सिधै झापा पुगेका छन् ।
माक्तुमले विमानस्थलमा उत्रिएलगत्तै व्यवसायी प्रसाईंलाई सुनको जस्तो देखिने लौरो उपहार दिएसँगै एकाएक माक्तुम नेपाल आएको चर्चा चलेको थियो । सँगै उनलाई दुबईका राजकुमारको रुपममा चर्चा गरिएको थियो । तर, उनी राजकुमार नरहेर दुबईका राजपरिवार सदस्यमात्र रहेको बुझिएको छ ।















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया