कास्कीमा कांग्रेस सभापतिविरुद्ध हस्ताक्षर अभियान, बैठक बहिष्कार

पोखरा । नेपाली कांग्रेस कास्की सभापति किशोरदत्त बरालविरुद्ध पदाधिकारी र सदस्यले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेका छन् ।
केन्द्रमा सभापति शेरबहादुर देउवा निकट मानिने बराल जिल्ला समितिमा अल्पमतमा छन् । उनलाई सभापतिबाट हटाउन हस्ताक्षर अभियान सुरु भएको छ ।
स्थानीय निर्वाचनको समीक्षा गर्न आयोजना गरिएको जिल्ला कार्य समितिको बैठकसमेत पदाधिकारी र सदस्यले बहिष्कार गरेका छन् । उपसभापति युवराज कुँवरले होटलमा राखिएको बैठकमा सहभागी नहुने बताए । ‘पार्टी अफिस छ, अहिलेसम्मका सबै चुनाव पार्टी अफिसबाट चल्यो, अहिले दिनदिनै होटलमा बैठक भयो,’ उनले भने, ‘यसरी पार्टी कमजोर हुन्छ नि, सभापति ज्यू जिम्मेवार हुनुभएन, धेरै साथी बैठकमा आउनुभएन, आउनुभएकाले पनि हस्ताक्षर गर्नु भएको छैन ।’
पदाधिकारी र सदस्य उठेर हिँडेपछि बैठक ११ गतेका लागि स्थगित भएको छ । बैठकमा १८ जना अनुपस्थित थिए । आएकाले समेत उपस्थिति जनाएनन् । पदाधिकारी र सदस्यले प्रश्न गरेपछि सभापतिले जवाफ दिँदै गर्दा धेरैजसो बैठकका सहभागी उठेर हिँडेका बैठकका एक सदस्यले बताए ।
‘होटलमा बैठक राखेको भनेर आलोचना भइरहेको थियो, त्यसमाथि स्थानीय निर्वाचनमा पोखरा महानगरको उपमेयर हारेको विषय थपियो,’ ती नेताले भने, ‘केही हजार भोट भएको एकीकृत समाजवादीले चुनाव जित्ने, ६० हजार मत भएको कांग्रेसले कसरी हार्यो ? यसको गम्भीर समीक्षा हुनु पर्दैन ? प्रश्न उठ्छ । प्रश्नबाट भाग्न मिल्दैन ।’
सभापति बरालले गणपुरक संख्या नपुगेकाले बैठक स्थगित गरिएको बताए । ‘साथीहरू कामको व्यस्तताले आउन भ्याउनु भएन, सहमतिमै अर्को दिन बैठक बसौँ भनेर उठेको हो,’ उनले भने, ‘बाहिर के प्रचार भयो थाहा छैन, बैठकका बेला कुनै नराम्रो कुरा चलेको थिएन ।’















शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
सहकारी पीडितको बचत फिर्ता गराउनेबारे छलफल
कूटनीति र वार्ता राष्ट्रिय हितसँग मेल खाएपछि मात्र यसको अनुसरण गरिने: इरान
भ्रामक सूचना सम्प्रेषण नगर्न आग्रह
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया