एसपीपी सधैंका लागि अस्वीकृत गर्ने मन्त्रिपरिषद्को निर्णय
अमेरिकालाई अस्वीकृतको औपचारिक लिखित पत्रनै पठाउने सरकारको निर्णय

काठमाडौं । सरकारले लामो समय देखि विवादका रुपमा रहेको अमेरीकाकाे स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकृत गर्ने निर्णय गरेको छ ।
सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रीपरीषद वैठकले एसपीपीलाई सधैंका लागि अस्विकार गर्ने निर्णय गरेको हो । सरकारले गरेको उक्त निर्णय अमेरिकी सरकारलाई समेत लिखितरुपमै जानकारी गराउने निर्णय भएको बैठकमा सहभागी एक मन्त्रीले बताए ।
एसपिपी सम्झौता गर्न लागिएको भन्दै सरकारको चर्को आलोचना भइरहेको थियो । प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न अमेरिका भ्रमणका क्रममा एसपिपी सम्झौतामा हस्ताक्षर हुनसक्ने आशंका व्यक्त भइरहँदा सरकारले अस्वीकृत गर्ने पत्र लेख्ने निर्णय गरेको हो । प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित सत्ता गठबन्धनका वामपन्थीसहितका दलले एसपिपी अस्वीकार गर्न दबाब दिएका थिए ।
तत्कालीन प्रधान सेनापति राजेन्द्र क्षत्रीले एसपिपीमा सहभागिताका लागि ०७२ कात्तिक १० मा अमेरिकी दूतावासलाई पठाएको पत्र सार्वजनिक भइसकेको छ । त्यसबेला केपी ओली प्रधानमन्त्री थिए । सेनाले सरकारको अनुमतिमा पत्र लेखेको बताए पनि ओलीले आफुलाई जानकारी समेत हुन नसकेको बताउँदै आएका थिए ।















वैशाख १० गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आजको मौसम पूर्वानुमान :आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
शाहले बोलाए संविधान संशोधनबारे छलफल गर्न कार्यदलको बैठक
कान्छराम तामाङलाई कांग्रेसले सोध्यो ३ दिने स्पष्टीकरण
गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गरेर अनुसन्धान थाल्न जेनजी मुभमेन्टकाे माग
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईविरुद्ध पहिले ब्याटिङ गर्दै नेपाल
अमेरिकासँग वार्तामा जाने कुनै योजना छैन : इरान
प्रतिक्रिया