आजको मौसम : यी स्थानमा वर्षा

काठमाडौं । हाल प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ । अन्य प्रदेशका भू–भागमा स्थानीय वायु, पश्चिमी वायु तथा भारतको उत्तर प्रदेश र विहारमा रहेकोे पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको छ ।
उक्त मौसमी प्रणालीको प्रभावले अहिले कर्णाली, गण्डकी, मधेस प्रदेश तथा प्रदेश नं १ मा आङ्शिकदेखि सामान्य बदली तथा बाँकी भेगमा आङ्शिक बदली रहेको छ । गण्डकी प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
काठमाडौँमा बिहानैदेखि सामान्य बदली हुनुका साथै केही स्थानमा हल्का वर्षा भइरहेको छ । दिउँसो प्रदेश नं १, मधेस, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा आङ्शिक बदली रहनेछ । प्रदेश नं १ र बागमती प्रदेशका केही, मधेस प्रदेश र गण्डकी प्रदेशका थोरै र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
रातिको समयमा पनि सोही मौसमी प्रणाली कायम रहने महाशाखाले जनाएको छ । आज काठमाडौँको अधिकतम तापक्रम २८ दशमलव सात र न्यूनतम तापक्रम १८ दशमलव ६ डिग्री सेल्सियस रहेको छ ।













Gold and silver price continues surge
Discussions ongoing on reports in NC’s Special General Convention
निर्वाचनमा सबै दल सहभागी हुनुपर्छ : देवराज घिमिरे
भरतपुर अस्पतालमा बिरामीको चाप
कोरला नाकाबाट दुई करोड बढीको भेप बोकेको कन्टेनरसहित चालक नियन्त्रणमा
रास्वपासँग एकता भाँडिएसँगै उज्यालो नेपाल पार्टीको अध्यक्ष बने कुलमान
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
प्रतिक्रिया