सप्तरीबाट सशस्त्र प्रहरीले बरामद गर्यो १ सय ७५ केजी गाँजा
सप्तरी । सशस्त्र प्रहरीले ठूलो परिमाणमा अबैध लागुऔषध गाँजा बरामद गरेको छ ।
बल सुरक्षा वेश क्याम्प भारदहका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ नेतृत्वको गस्ती टोलीले मंगलबार राती सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा १ सय ७५ किलो लागुऔषध गाँजा बरामद गरेको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक फरार भएको सशस्त्र प्रहरी निरीक्षक तामाङले बताए ।
उनले भने, शंका लागेर ट्रकभित्र हेर्दा गाँजा देखिए पछि खोजतलास गर्दा ट्रकमा ७ वटा बोरामा प्याक गरी बाँधिएको अवस्थामा गाँजा फेला परेको छ ।
बरामद् भएको ट्रकसहितको गाँजालाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाईएको सशस्त्र प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।
















गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिँदै
सर्लाहीमा ७ किलो गाँजासहित दुई जना पक्राउ
अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
बैतडी ट्याक्टर दुर्घटना : यी हुन् मृतक र घाइते
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
प्रतिक्रिया