सप्तरीबाट सशस्त्र प्रहरीले बरामद गर्यो १ सय ७५ केजी गाँजा
सप्तरी । सशस्त्र प्रहरीले ठूलो परिमाणमा अबैध लागुऔषध गाँजा बरामद गरेको छ ।
बल सुरक्षा वेश क्याम्प भारदहका ईन्चार्ज सशस्त्र प्रहरी निरीक्षक किसमान तामाङ नेतृत्वको गस्ती टोलीले मंगलबार राती सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नम्बर १ स्थित कोशी ब्यारेजबाट मिनी ट्रकमा लोड गरिएको अवस्थामा १ सय ७५ किलो लागुऔषध गाँजा बरामद गरेको हो ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को १ ख २९२५ नम्बरको ट्रकलाई कोशी ब्यारेज चेक प्वाइन्टमा चेकजाँच गर्न खोजेपछि चालक र सहचालक फरार भएको सशस्त्र प्रहरी निरीक्षक तामाङले बताए ।
उनले भने, शंका लागेर ट्रकभित्र हेर्दा गाँजा देखिए पछि खोजतलास गर्दा ट्रकमा ७ वटा बोरामा प्याक गरी बाँधिएको अवस्थामा गाँजा फेला परेको छ ।
बरामद् भएको ट्रकसहितको गाँजालाई थप अनुसन्धानको लागि नेपाल प्रहरीलाई जिम्मा लगाईएको सशस्त्र प्रहरी निरीक्षक तामाङले जानकारी दिए ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
प्रतिक्रिया