बालिकालाई भारत लैजान खोज्ने दुई जना पक्राउ

विराटनगर । झापा बिर्तामोड नगरपालिका बस्ने १३ वर्षीया बालिकालाई भारततर्फ लैजान खोज्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
भारतको मजतपुर घर भई हाल जिल्ला झापा बिर्तामोड नगरपालिका वडा नम्बर ५ मूर्तिचोकमा डेरा गरी बस्ने २३ वर्षीय हिराकुमार सहनी र बारा जिल्लाको कोल्वी नगरपालिका वडा नम्बर ४ सपही बस्ने १९ वर्षकी शिरिषा सिंह महथालाई मोरङ प्रहरीले पक्राउ गरेको जनाएको छ ।
उनीहरूले मोरङ विराटनगर महानगरपालिका वडा नम्बर १५ भन्सार कार्यालयको २ नम्बर ढाट सीमाक्षेत्रबाट नाबालिकालाई ललाईफकाई भारततर्फ बेचबिखन गर्न लैजादै गरेको अवस्थामा साना हात नेपाल विराटनगरको समन्वयमा इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
उनीहरूमाथि मोरङ जिल्ला अदालतबाट मानब वेचबिखन तथा ओसारपसार मुद्दामा ५ दिन म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
















गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार घोषणा गरिँदै
सर्लाहीमा ७ किलो गाँजासहित दुई जना पक्राउ
अफ्रीकामा भएको सशस्त्र आक्रमणमा ११ जना प्रहरीको मृत्यु
बैतडी ट्याक्टर दुर्घटना : यी हुन् मृतक र घाइते
दुर्गा प्रसाईं पोखराबाट पक्राउ
मलाई भाषण होइन, काम गर्ने मुड छ : बालेन
झापा ५ मा ओली र बालेन भिड्ने पक्का
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया