सर्लाहीमा ७ किलो गाँजासहित दुई जना पक्राउ

बरहथवा (सर्लाही) । अवैध लागुऔषध गाँजासहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । आज मलङ्गवा नगरपालिका–७ स्थित गणेसिया चोकमा चेकजाँचका क्रममा सात किलो ८०० ग्राम गाँजासहित दुई जनालाई पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले पक्राउ पर्नेमा कौडेना गाउँपालिका–१ का १९ वर्षीय निलेश मण्डल र चक्रघट्टा गाउँपालिका–३ का ३२ वर्षीय शेष मोफिज रहेका जानकारी दिए । उनका अनुसार नियमित चेकजाँचमा खटिएको प्रहरी टोलीले भारतीय नम्बरप्लेट भएको बिआर ०६ एबी २७२९ नम्बरको मोटरसाइकलमा सवार निजहरूलाई रोकेर शोधपुछ गरेको थियो ।
सोही क्रममा मण्डल र मोफिज सवार मोटरसाइकलमा सिट आकार बनाएर ल्याइएको अवैध गाँजा प्रहरीले बरामद गरेको हो । प्रहरीका अनुसार निज दुवैले रातो प्लास्टिकमा पोको पारेर गाँजालाई मोटरसाइकलको सिट तल लुकाएर ल्याएका थिए ।
प्रहरीले पक्राउ परेको मोटरसाइकल, चालक मण्डल र पछाडि सवार मोफिजलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ । दुवै जनाविरुद्ध अवैध लागुऔषध मुद्दामा जिल्ला अदालतबाट पाँच दिनको म्याद लिएर अनुसन्धान सुरु गरिएको प्रवक्ता राईले बताए ।
















काराेबारसँगै बढ्यो सेयर बजार
जाँचबुझ आयोगको समय २० दिन थप
झापाका ९५ मतदानस्थल अति संवेदनशील
कांग्रेसका मुख्य सचिव पौडेलले दिए राजीनामा
सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्रतिक्रिया