भुक्तानी नपाएपछि बैतडी सदरमुकामको सडक तेश्रो पटक निर्माण गर्दै ठेकेदार
बैतडी । गत आर्थिक वर्ष २०७६/०७७मा निर्माण सम्पन्न भएको गढी–गोठलापानी कालोपत्रे सडक ६ महिनामै भत्किएपछि पुनः निर्माण गरिएको थियो । भत्किएका ठाउँहरुमा पुनः कालोपत्रे गरिएपनि फेरी ६ महिना नवित्दै भत्किदा तेश्रो पटक निर्माण थालिएको छ । पौने ३ करोडमा ठेक्का पाएको केएस कन्सट्रक्सन धनगढीले सडकको काम सन्तोशजनक नहुँदा आवतजावतमा समस्या छ ।
स्थानीय व्यापारी खिमानन्द भट्टले भने,‘ठेकेदारले एकै पटकमा स्टीमेट अनुसार काम गरेको भएमा पटक–पटक यहाँ आउनै पर्ने थिएन् । जिल्लाका सिडिओ देखी सबै कर्मचारी, नेता, जनप्रतिनिधि, आएका बेला मन्त्री, सांसदले समेत अनिवार्य यात्रा गर्ने यो सडकको दुर्दशा यस्तो होला भन्ने सोचेकै थिएनौँ । पटक–पटक निर्माण गरिएको यस सडकमा अहिले पनि यात्रा गर्न निकै असहज छ ।’ व्यंग्यात्मक शैलीमा उनले भने ‘हामी त हेमा मानिलिका जस्ता गाला होलान् भन्ने सोचेका थियौँ, तर ओमपुरीका जस्ता गाला बनाइ छोड्यो । पप्पु कन्सट्रक्सन मात्रै खराब भन्ने लागेको थियो यस्ता पप्पु त हाम्रै वरीपरी कयौँ रहेछन् । अहिले थाहा हुदैँछ ।’
अर्का स्थानियबासी धनीराम लोहारले भने,‘यो सडक विगतदेखि १बर्ष लगाएर बनाउने तर ६ महिना नपुग्र्दै भत्किने प्रवृत्तिको छ । यसलाई ठेकेदार र कर्मचारीले कमाउ भाँडो पो बनाएका छन् की ? भन्ने संका छ ।’
सडकको कालोपत्रे भत्किएका ठाउँमा पुनः कालोपत्रे गरिएपनि ठेकेदारको कामसंग असन्तुष्ट हुदैँ सहरी विकास कार्यालय दिपायलले भुक्तानी रोकोको हो ।
दुई पटक काम गरेपनि रकम भुक्तानि नहुँदा तेश्रो पटक काम सुरु गरेको कम्पनीका साइड इन्चार्ज बिक्रम स्वारले बताए । एकै काम तेश्रो पटक सम्म गरिरहेका उनले अब भने रकम पाउनेमा आशावादी रहेको बताए ।
















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
आईपीओ आवेदनलाई सहज र झन्झटरहित बनाउँदै सिटिजन्स बैंककाे माई–आस्बा सुविधा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
यूएईसँगको खेलमा नेपाल पराजित
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया