खोटाङमा विद्यालय गएका छात्र खोलामा मृत फेला

खोटाङ । खोटाङमा विद्यालय गएका छात्र चार दिनपछि खोलामा मृत फेला परेका छन् । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–११ खार्मीका १३ वर्षीय छात्र रविन दाहाल स्थानीय अखम्कु खोलामा मृत फेला परेका हुन् । गत ८ असारमा बिहान ९ बजे विद्यालय हिँडेका छात्र आइतबार खोलाको सानो दहमा मृत फेला परेको स्थानीय राजन भट्टराईले बताए ।
छात्र कालिका माबिमा कक्षा ९ मा अध्ययनरत थिए । विद्यालय गएका छात्र घर नफर्किएपछि खोजी भइरहेको थियो । धान रोप्नका लागि कुलो सफा गर्न गएका स्थानीयले बालकको शव दहमा डुबिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरिएको थियो । पोष्टमार्टमका लागि शव आइतबार साँझ जिल्ला अस्पताल पुर्याइएको छ ।
बाटोमा पर्ने खोलामा वारपार गर्न काठे पुल लगाइएको छ । सोही काठेपुलभन्दा माथिको सानो दहमा छात्रको नांगो शव फेला परेको हो । उनको लुगा फुकालेर खोला किनारमा राखेको पाइएको छ । सो दहमा केटाकेटी पौडी खेल्ने गरेका थिए । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
















समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक
क्यानले नेपाल ‘ए’ टोलीले खेल्ने अन्तर्राष्ट्रिय शृङ्खलाको खेल तालिका सार्वजनिक
गहना पसलमा पेस्तोल ताक्दै लुटपाट गर्ने समूहका तीन जना पक्राउ
स्वास्थ्य मन्त्रालयका १९३ पदाधिकारी भए पदमुक्त
सरकार द्वारा राष्ट्रियस्तरका १२ ट्रेड युनियनको दर्ता खारेज
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
अमेरिकी जहाजलाई इरानले होर्मुजमा गर्यो आक्रमण
सुशासन कायम गर्दै संविधान संशोधन गर्न विज्ञको सुझाव
ऊर्जा मन्त्रालयअन्तर्गत को को भए पदमुक्त ?
प्रतिक्रिया