चोरीको मुद्दामा फरार तीनजना आरोपी पक्राउ

सप्तरी । प्रहरीले चोरीको मुद्दामा फरार तीनजना आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा साविक तेर्हौता गाविस वडा नम्बर ६ बस्ने २६ वर्षीय राजकुमार चौधरी, गोविन्द चौधरी र दिलीप सदालाई पक्राउ गरेको हो।
३ फागुन ०७० मा ना४ख ९१०४ नम्बरको ट्रक तेरहौता गाविस–६ मा अनियन्त्रित भई पल्टिँदा ट्रकमा लोड भएको प्लाइउड चोरी गरेको आरोपमा सप्तरी जिल्ला अदालतको १७ कात्तिक ०७१ को फैसलाको आधारमा उनीहरू पक्राउ गरेक जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।
गाउँघरमै लुकिछिपी बसेको बेला गोप्य सूचनाको आधारमा घरबाटै पक्राउ गरी फेला पारी पक्राउ गरी सप्तरी जिल्ला अदालतमा तीनैजनालाई हाजिरी गराई जनही ४४ सय आठ रुपैयाँ जरिवाना तिराई एक महिनाका लागि कारागार चलान गरेको छ।
सोमबा गाली बेइज्जती मुद्दाका अन्य चारजना फरार प्रतिवादीहरुसमेत पक्राउ गरी फैसला कार्यान्वयनका लागि सप्तरी जिल्ला अदालतमा हाजिर गराएको प्रहरी प्रवक्ता काफ्लेको भनाइ छ।
विभिन्न आरोपमा फरार रहेका आरोपीमध्ये चालू आ.व. २०७८/०७९ साउनदेखि हालसम्म तीन सय ६८ जना प्रतिवादी पक्राउ गरी अदालतमा हाजिर गराइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।
















सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
प्रधानमन्त्रीद्वारा संसद् भवनमा सहिदको सालिक राख्ने विषयमा जानकारी
महिला टी–२० विश्वकप ग्लोबल छनोट : लगातार तेस्रो जितसँगै बंगलादेश सुपर सिक्समा
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
एमालेबाट काठमाडौँ क्षेत्र नं ५ मा ईश्वर पोखरेल उम्मेदवार
बागलुङमा जनमोर्चा र नेकपाबीच तालमेलगर्ने सहमति
प्रतिक्रिया