चोरीको मुद्दामा फरार तीनजना आरोपी पक्राउ

सप्तरी । प्रहरीले चोरीको मुद्दामा फरार तीनजना आरोपीलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा साविक तेर्हौता गाविस वडा नम्बर ६ बस्ने २६ वर्षीय राजकुमार चौधरी, गोविन्द चौधरी र दिलीप सदालाई पक्राउ गरेको हो।
३ फागुन ०७० मा ना४ख ९१०४ नम्बरको ट्रक तेरहौता गाविस–६ मा अनियन्त्रित भई पल्टिँदा ट्रकमा लोड भएको प्लाइउड चोरी गरेको आरोपमा सप्तरी जिल्ला अदालतको १७ कात्तिक ०७१ को फैसलाको आधारमा उनीहरू पक्राउ गरेक जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्।
गाउँघरमै लुकिछिपी बसेको बेला गोप्य सूचनाको आधारमा घरबाटै पक्राउ गरी फेला पारी पक्राउ गरी सप्तरी जिल्ला अदालतमा तीनैजनालाई हाजिरी गराई जनही ४४ सय आठ रुपैयाँ जरिवाना तिराई एक महिनाका लागि कारागार चलान गरेको छ।
सोमबा गाली बेइज्जती मुद्दाका अन्य चारजना फरार प्रतिवादीहरुसमेत पक्राउ गरी फैसला कार्यान्वयनका लागि सप्तरी जिल्ला अदालतमा हाजिर गराएको प्रहरी प्रवक्ता काफ्लेको भनाइ छ।
विभिन्न आरोपमा फरार रहेका आरोपीमध्ये चालू आ.व. २०७८/०७९ साउनदेखि हालसम्म तीन सय ६८ जना प्रतिवादी पक्राउ गरी अदालतमा हाजिर गराइसकेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जानकारी दिएको छ।















जनमतले फिर्ता लियाे मधेस सरकारलाई दिएको समर्थन
एक वर्षमा ६ वटा पाटेबाघ मरे
कीर्तिपुरमा युवकको हत्या
उद्योग वाणिज्य महासंघको अध्यक्षमा श्रेष्ठ
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
अमेरिकालाई ‘सम्झौता वा युद्ध’ एक रोज्न इरानको चेतावनी
लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको विरोधमा सरकारले पठायो भारत–चीनलाई पत्र
अमेरिकालाई पठाइएको इरानको नयाँ प्रस्तावमा के छ ?
संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फेरि राष्ट्रपतिसमक्ष पठाउने सरकारकाे निर्णय
प्रतिक्रिया