बिहीबार, माघ ८, २०८२

बाढीले विराटनगरमा १७५ परिवार विस्थापित, सुरक्षित हुन आग्रह

मेरोन्यूज २०७९ असार १४ गते १५:०२
सा‌केतिक फोटो

काठमाडौँ । केही दिनको अविरल वर्षासँगै आएको बाढीले विराटनगरमा १७५ घर परिवार विस्थापित भएका छन् । सिंघिया खोलामा आएको बाढीका कारण बस्ती नै विस्थापित भएको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगरमा ४५ र कटहरी गाउँपालिकामा १३० परिवार विस्थापित भएका हुन् । कटहरी गाउँपालिका १ मा १७५ परिवार विस्थापित भएका छन् । कटहरी १ को टाइगरटोलमा ६०, हनुमान मन्दिर एरियामा ४० र नारी विकास संघ एरियाका ३० परिवार विस्थापित भएका छन् ।

बाढीले विस्थापित भएकालाई सुरक्षित स्थानमा सारिएको छ । वर्षा जारी रहेकाले खोला बाढी बढ्ने भन्दै सतर्कता हुन प्रहरीले आग्रह गरेको छ ।

प्रतिक्रिया