अनलाइन जुवा खेलाउने ११ जना पक्राउ

हेटौंडा । मकवापनुर प्रहरीले अवैध तरिकाले अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई हेटौंडाबाट पक्रेको छ । हेटौंडा–४ स्थित कमलडाँडामा कोठा भाडामा लिएर अनलाइन जुवा खेल्ने खेलाउने ११ जनालाई विभिन्न उपकरणसहित प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा हेटौंडा ९ लामसुरेका २३ वर्षीय निसान आचार्य, हेटौंडा ४, कमलडाँडाका २४ वर्षीय राजिव गौतम, हेटौंडा ११ का मधुकर बानियाँ, हेटौंडा–१४ चुरियामाईका २४ वर्षीय निमा थिङ, हेटौंडा–१२ पदमपोखरीका २३ वर्षीय विकास बल, मनहरी–४ मसिनेका २० वर्षीय जोसिल खत्री, गोरखा पालुङटार–७ का २२ वर्षीय डुलास तामाङ, २१ वर्षीय तिकमान तामाङ, २५ बर्षका अमोश तामाङ र बारा निजगढ–४ का २० वर्षीय अर्पण खड्का रहेका छन् ।
उनीहरुको साथबाट प्रहरीले ११० थान मोइबाल, ५ थान कम्प्यूटर डेस्कटप, ३ थान ल्यापटप, ४ थान ल्यापटप र एक लाख ४५ हजार ७५ हजार नगद समेत बरामद गरेको छ ।
हेटौंडाको कमलडाँडास्थित रुक्मिणी न्यौपानेको घरको तेस्रो र चौथो तल्ला भाडामा लिएर सञ्चालन भएको सूर्यप्रसाद टेक्नोलोजी प्रा.लि.मा पैसाको हारजीत हुने गरी अवैध रुपमा अनलाइन जुवा खेलेको खेलाएको पाइएकाले उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
पक्राउ परेकालाई सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरअन्तर्गत कारबाही हुने कार्कीले बताए ।
















माघ शुक्लपञ्चमीः देशभरका सरस्वती मन्दिरमा भक्तजनको घुइँचो
प्रतिनिधिसभा निर्वाचनः काभ्रेका ८८ मतदानस्थल ‘संवेदनशील’
रुपन्देही-२ मा राप्रपा उम्मेदवारद्वारा उम्मेदवारी फिर्ता
पाकिस्तानको कराँचीस्थित मलमा लागेको आगलागीमा मृतक सङ्ख्या ६७ पुग्यो
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
ओलीले दर्ता गराए उम्मेदवारी (भिडियाेसहित)
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
प्रतिक्रिया