शनिबार, माघ २४, २०८२

लुम्बिनीका राज्यमन्त्री विमला वलीले दिइन् राजीनामा

मेरोन्यूज २०७९ असार १५ गते १२:३९
फाइल फोटो

बुटवल । लुम्बिनी प्रदेश सरकारकी स्वास्थ्य राज्यमन्त्री विमला खत्री वलीले राजीनामा दिएकी छन् । उनले आफ्नो राजीनामा मुख्यमन्त्री कुलप्रसाद केसीलाई बुझाएको मुख्यमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।

जेठ अन्तिममा दाङका वाईसीएल नेता एकराज बस्नेतको घरमा गएर उनकी श्रीमती र छोरीलाई अभद्र व्यवहार गरेको आरोपपछि त्यसबारे छानबिन गर्न सरकारले समिति समेत गठन गरेको थियो । नेकपा विभाजनमा वली पनि विवादमा परेकी थिइन् । उनले कहिले एमाले त कहिले माओवादी रोजिरहेकी थिइन् । तर पछि उनले माओवादी केन्द्र रोजेकी हुन् ।


उनलाई तत्कालिन मुख्यमन्त्री शंकर पोखरेलले माओवादी रोज्ने भएपछि बुटवलस्थित मुख्यमन्त्री निवासमा ल्याएर समेत बन्धक बनाएको आरोप वलीले लगाएकी थिइन् ।

पटक पटक विवाद र चर्चामा आईरहेकी वली आफना पतिको निधन भएपछि भएको उपचुनावबाट निर्वाचित भएर प्रदेश सभा सांसद बनेकी थिइन् ।

पति उत्तरकुमार वलीको सडक दुर्घटनामा मृत्यु भएपछि दाङ क्षेत्र नम्बर ३ ९ख० मा भएको उपनिर्वाचनमा उनी तत्कालीन नेकपाबाट विजयी भएकी थिइन् । फागुन २३ को सर्वोच्चको फैसलाले नेकपा खारेज गरेपछि वैशाख १९ गते पत्रकार सम्मेलन गरी विमलाले माओवादी केन्द्र रोजेकी थिइन् । त्यसपछि माओवादीले उनलाई राज्यमन्त्री बनाएको थियो ।

प्रतिक्रिया