बेँसीशहर – चामे सडक अवरुद्ध
मेरोन्यूज
२०७९ असार १५ गते १४:४१

लमजुङ । लगातारको वर्षाका कारण मनाङ जाने एक मात्र सडक बेंसीसहर-चामे खण्ड अवरुद्ध भएको छ ।
बेंसीशहर नगरपालिका-६ उत्तीसघारीको खरखरेमा पहिरो गएको छ । पहिरोका कारण मर्स्याङ्दी गाउँपालिका-९, खुदीवारिको घनपोखरा र लामागाउँ जाने सडक अवरुद्ध भएको छ । खुदीबजारबाट गाउँपालिकातर्फ जाने सडक माथिल्लो मर्स्याङ्दी ‘ए’ को वारिपट्टी पनि पहिरो गएको छ । मनाङतर्फ म्यार्दी भिरमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ ।
डुम्रे–बेंसीशहर–चामे सडक योजना प्रमुख इन्जिनियर अच्युतविलास पन्तका अनुसार मंगलबार साँझदेखिको वर्षाका कारण मनाङ जोड्ने सडक ठाउँठाउँमा पहिरोले क्षति पुर्याएको छ ।
मनाङतर्फको बाटो खुलाउने प्रयास भइरहेको लमजुङका प्रमुख जिल्ला अधिकारी सुशिल वैद्यले बताए ।
सम्बन्धित
















आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया