आइएमई पे एपमा नेपाल लाईफ इन्स्योरेन्सको बीमा किस्ता भुक्तानीमा क्यासब्याक अफर सार्वजनिक

काठमाडौं । आइएमई ग्रुपद्वारा संचालित “आइएमई डिजिटल सोलुसन लिमिटेड” द्वारा प्रवद्र्धित “आइएमई पे” ले नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको बीमा किस्ता आइएमई पे एपबाट तिर्ने सेवाग्राहीहरुका निम्ती रोचक अफर ल्याएको छ ।
आइएमई पे एपको “प्रिमियम तिरौँ, क्यासब्याक पाऔँ” अफर अन्तर्गत असार १० गते देखि सो एपबाट एन.एल.आइ.सि.को बीमा किस्ता भुक्तानीमा ग्राहकहरुले सो मूल्यको ०.५% (अधिकतम रु. २,५०० सम्म) क्यासब्याकको साथै हरेक दिन १ बिजेताले २ चन्द्रागिरी केबलकार टिकट जित्न मिल्ने व्यवस्था मिलाइएको छ ।
हालसम्म नेपालको २३ वटा बीमा प्रदायकको भुक्तानी साझेदार बन्न सफल भएको आइएमई पेले यस अफर मार्फत अझ बढी ग्राहकवर्गलाई डिजिटल माध्यमद्वारा कुनै पनि भुक्तानी गर्न प्रेरित गराउने बताएका छन् । यस अफरको नियम तथा शर्तहरु यस प्रकारका छन् ।
KYC रुजु भएको प्रयोगकर्ताहरुले बीमा किस्ताको भुक्तानी नियत मिती (ड्यु डेट) भित्र वा नियत मिती पछिको ७ दिन भित्र आइएमई पे एपबाट गरे बापत मात्र क्यासब्याक तथा अरु उपहार जित्ने मौका पाउनेछन् ।















रेडमी नोट १५ फाइभ जी नेपालमा, कति पर्छ मूल्य ?
इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्ड कार्यक्रम
काभ्रेमा नौ ‘आपाराधिक उपद्रव’विरुद्ध अभियोग दर्ता
Two arrested on charges of raping minor
कञ्चनपुरमा सिँचाइ समस्या समाधान गर्न बोरिङ जडान
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
इलाम–१ मा कांग्रेसका निश्कल राई विजयी
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
प्रतिक्रिया