सेयर बजारमा छलाङ, परिसूचकमा कति अंकले बढ्यो ?

काठमाडौँ । साताको पाँचौँ कारोबार बिहीबार सेयर बजारमा छलाङ आएको छ । केही महिनायतादेखि निरन्तर घटेको सेयर बजार यो साता सुधार आएको हो ।
बिहीबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ७४.९३ अकंले बढेर २०३७.६४ विन्दुमा बन्द भएको छ । बुधबार नेपाल स्टक एक्सचेञ्ज परिसूचक ४१.३९ अकंले बढेर १९६२.७१ विन्दुमा बन्द भएको थियो ।
आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता सेयर किनबेच हुँदा दुई अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ । बुधबारको पुँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता सेयर किनबेच हुँदा एक अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको थियो ।
आज कारोबारमा सुधार देखिएको छ । शिवम् सिमेन्टको सेयर सर्वाधिक खरिद बिक्री भएको छ । कम्पनीको आज ९ करोड ९५ लाख २० हजार रुपैयाँको कारोबार भएको हो ।
त्यस्तै, हिमालयन डिस्टलरीको ७ करोड ९७ लाख ६८ हजार रुपैयाँ, एशियन लाइफ इन्स्योरेन्स ५ करोड ९९ लाख ३० हजार रुपैयाँ, अरुण काबेली पावरको ५ करोड ८३ लाख ८९ हजार रुपैयाँ र लाइफ इन्स्योरेन्स कर्पोरेसनको ५ करोड ६९ लाख ३९ हजार रुपैयाँ कारोबार भएको छ ।
आज पुँजी बजारमा नेप्सेमा सूचीकृत २२७ कम्पनीको ७२ लाख ५४ हजार ७० कित्ता शेयर किनबेच हुँदा २ अर्ब ४५ करोड ८६ लाख १९ हजार ४९४ रुपैयाँको कारोबार भएको छ ।
अघिल्लो कारोबारको दिन भने पुँजी बजारमा नेप्सेमा सूचीकृत २२८ कम्पनीको ४३ करोड ८६ लाख ४३९ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ४३ करोड १४ लाख ६४० रुपैयाँको कारोबार भएको थियो ।















वित्तीय कारोबार गर्दा कालोसूचीमा पर्ने प्रावधानका विषयमा अध्ययन गर्दै राष्ट्र बैंक
अर्थमन्त्री र निजी क्षेत्रका प्रतिनिधिबीच छलफल
क्रोकस हमलाका दोषीलाई आजीवन जेल
बैठकमा बोल्दाबोल्दै ढलेका एमाले नेता कृष्ण थापाको निधन
रुस–अमेरिका वार्ता ‘फलदायी’
इरानका नयाँ सर्वोच्च नेता नियुक्त भएकाेमा पुटिनले मोज्तबालाई दिए बधाई
विप्लवले भने-चुनावलाई हामीले संघर्षको मोर्चामा प्रयोग गर्यौं
कांग्रेस सभापति गगन थापा राजीनामा दिने तयारीमा
गृहमन्त्री अर्याल काठमाडौँ प्रहरी परिसरमा !
वायु प्रदूषणबाट बच्न स्वास्थ्य मन्त्रालयको आग्रह
प्रतिक्रिया