कुटपिट मुद्दाका आरोपित १४ वर्षपछि पक्राउ
मेरोन्यूज
२०७९ असार १७ गते ६:२५

सप्तरी । सप्तरी प्रहरीले कुटपिट मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपनी गाउँपालिका ५ बसविट्टी ४८ वर्षीय सिताराम चौधरी रहेका छन् । उनलाई प्रहरीले १४ वर्षपछि पक्राउ गरेको हो ।
कुटपिट अंगभंग मुद्दामा सप्तरी जिल्ला अदालत राजविराजको २०६५ जेठ १३ गतेको फैसलाले चौधरी दोषी ठहर गरेको थिए ।
साढे ७ दिन कैद र १ सय ७७ रुपैयाँ जरिवाना ठहर भई फरार रहेको उनलाई गाउँमा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता माधव प्रसाद काफ्लेले जानकारी दिए । पक्राउ परेका चौधरीलाई कैद भुक्तानको लागि कारागार चलान गरिएको छ ।
सम्बन्धित
















म्याग्दीमा उज्यालो नेपालले महावीर पुनलाई सघाउने
कान्तिलोकपथ सडकमा ठोक्यिो ट्रक र स्कुटर, एक जनाको मृत्यु
ललितपुरमा दुई लाख ६९ हजार मतदाता, ७४ उम्मेदवार
सर्लाहीमा १५८ मतदानस्थल अतिसंवेदनशील
टीकापुर महोत्सवमा टिकट बिक्रीबाट ५० लाख आम्दानी
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
प्यूठानमा रास्वपाबाट युवा अर्थशास्त्री सुशान्त वैदिकको उम्मेदवारी दर्ता
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
आज २०८२ साल माघ ६ गते मंगलबारको राशिफल
बालेनले बिहान ११ बजे, ओलीले दिउँसो १ बजे उम्मेदवारी दर्ता गराउँदै
प्रतिक्रिया