१८ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी संस्थाका अध्यक्षसहित आठ पक्राउ

काठमाडौँ । काठमाडौँको बलम्बुस्थित प्रज्ञान तथा बचत सहकारी संस्थाका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संस्थाको १८ करोड रुपैयाँ हिनामिना अभियोगमा सञ्चालक तथा लेखा परीक्षकलाई पक्राउ गरेको हो ।
सहकारीका अध्यक्ष कृष्ण महर्जन, उपाध्यक्ष वीर कृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालीन सचिव सुरज महर्जन, कर्जा उपसमिति सदस्य अष्ट कुमार महर्जन र लेखा परीक्षकद्वय हिमालय राज जोशी र दीपक राना मगरलाई सीआईबीले पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा उनी मिलेर संस्थाको १७ करोड ९४ लाख ७६ हजार ५१८ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको छ । धितो जमानी नराखी ऋण प्रवाह गर्ने, नक्कली मुद्दती बचत प्रमाण पत्र दिने, नक्कली कर्जा लगानी गर्ने र शेयर अपचलन गरी सर्वसाधरणको पैसासमेत हिनामिना गरेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार महतोले जानकारी दिए ।















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया