शुक्रबार, फागुन २९, २०८२

शाओमीको रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक

मेरोन्यूज २०७९ असार १७ गते १९:१२

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले रेड्मी नोट ११ प्रो नेपाली बजारमा सार्वजनिक गरेको छ । रेड्मी नोट ११ प्रोमा किफायती मूल्यमा उत्कृष्ट क्यामेरा र छिटो चार्ज हुने ब्याट्री रहेको कम्पनिले घोषणा गरेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

स्मार्टफोनको बजारमा हुने चुनौतीलाई मध्यनजर गर्दै सस्तो दरमा उत्कृष्ट उत्पादन प्रदान गर्ने लक्ष्यका साथ शाओमीले रेड्मी नोट ११ प्रो लञ्च गरेको हो । लञ्चका बारेमा नेपालका कन्ट्री जेनेरल म्यानेजर अमित कुमारले ग्राहकको विश्वासले नवीनताको सन्दर्भमा उच्च मापदण्डहरू स्थापित गरी रेडमी सिरिजलाई देशमा सर्वाधिक बिक्री हुने स्मार्टफोन बनाएको बताए ।

फोनमा क्यामेरा सेटअपले उत्कृष्ट फोटोग्राफी अनुभव प्रदान गर्दछ । हाई रेजोल्युसन र आश्चर्यजनक रंगमा फोटो क्याप्चर गर्न १०८ मिगापिक्सेल क्यामेरा रहेको छ ।

दुइ वटा स्टोरेज भेरियन्टमा उपलब्ध फोनको मूल्य क्रमशः ३४ हजार ९९९ रुपैयाँ र ३६ हजार ९९९ रुपैयाँ रहेको छ ।

प्रतिक्रिया