अवैध भन्दै १८ सय कुखुराको चल्ला नष्ट
मेरोन्यूज
२०७९ असार १७ गते १९:१९

काठमाडौँ । इलाका प्रहरी कार्यालय कृष्णनगरले अवैध एक हजार ८०० ब्रोइलर कुखुराको चल्ला नष्ट गरेको छ । जिल्लाको कृष्णनगर नगरपालिका १ मडहास्थित नेपाल–भारत सीमावर्ती क्षेत्रमा गएराति भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याउँदै गरेको अवस्थामा कुखुराको चल्ला बरामद गरिएको प्रहरीले जनाएको छ ।
कृष्णनगर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक शैलेन्द्र पाण्डेको कमाण्डमा खटिएको प्रहरी टोलीले उक्त अवैध कुखुराको चल्ला बरामद गरेको जनाइएको छ । प्रहरीका अनुसार ब्रोइलर कुखुराको चल्लाको मूल्य एक लाख ८० हजार बराबर रहेको जनाएको छ ।
बरामद गरिएको अवैध कुखुराको चल्लालाई पशु क्वारेन्टाइन कृष्णनगरका प्रतिनिधि, प्रहरी, सञ्चारकर्मी, स्थानीयलगायतको रोहबरमा नष्ट गरिएको कृष्णनगर प्रहरीले जनाएको छ ।
सम्बन्धित
















सप्तरीमा शौचालयमा लडेर सशस्त्र प्रहरी हवल्दारको मृत्यु
सरकारका प्रवक्ता भन्छन्– त्रिवि क्रिकेट मैदान भत्किँदैन
सुधारिँदै काठमाडौँको वायु गुणस्तर
कर्णाली प्रदेशका आयुर्वेदिक जडिबुटीको भण्डारण र नेपालको मौलिक उपचारमा यसको महत्त्व
NC decides to nominate Aangdembe as its Parliamentary Leader
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
सञ्चारमन्त्री तिमिल्सिनासँग अमेरिकी र कोरियाली राजदूतको छुट्टाछुट्टै भेट
प्रतिक्रिया