हेभिवेटमा नुवाकोटे टाइगर नयाँ राष्ट्रिय च्याम्पियन
काठमाडौं । नुवाकोटे टाइगर चौथो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगितामा शनिबार च्याम्पियन बनेका छन् । प्रतियोगिताको मुख्य स्पर्धा मानिने हेभिवेट भिडन्तमा नुवोकोटेले डेविडलाई पराजित गर्दै राष्ट्रिय प्रतियोगितामा पहिलोपटक च्याम्पियन बनेका हुन् । अघिल्ला तीन संस्करणमा डेविड, साइन र चट्टान विजेता बनेका थिए । उपाधिसंगै नुवाकोटेले १ लाख २५ हजार नगद पुरस्कार पाए ।
झापाको केरखास्थित शहिद धर्मभक्त माविमा उल्लेख्य दर्शकको उपस्थितिमा भएको प्रतियोगिताको डरलाग्दो भिडन्त मानिने हार्डकोरमा भने डेविडले सफलता पाए ।
डेविडले उसु पृष्ठभूमिका खेलाडी चट्टानलाई हराए । यो स्पर्धामा प्रतिद्वन्द्वीलाई प्रहार गर्न फलामको कुर्सी, बैशाखी र लाठीसमेत प्रयोग गरिएको थियो । डेविडले १ लाख नगद पुरस्कार जिते । ७१औं मदन जयन्तीका अवसरमा मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रीय रेस्लिङ विभागद्वारा आयोजित प्रतियोगिताको ट्याग टिममा टुपी ग्याङले स्पाइडरम्यान्सलाई पाखा लगाउदै ७५ हजार नगद पुरस्कार हात पारे ।
मिडिल वेटमा साइनले बाकामाथि जित निकाल्दै ९५ हजार नगद पुरस्कार जिते । महिलामा आकृतिले तनुलाई पाखा लगाउदै सफलता हात पारिन् । तनुले ७० हजार नगद पुरस्कार जितिन् । लाइट वेटमा सुजल रिलामीले सीजे वल्र्डलाई पाखा लगाए । सुजलले ६० हजार नगद पुरस्कार पाए ।
विजेतालाई नेकपा एमाले प्रदेश १ कमिटीका इन्चार्ज देवराज घिमिरे, पूर्व मन्त्री अग्नी खरेल, संघीय सांसद् एलपी सावाँ लिम्बू, मदन भण्डारी स्पोर्ट्स एकेडेमीका अध्यक्ष ध्रुव आचार्य, एकेडेमीकी उपमहासचिवसमेत रहेकी नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
कोरोना भाइरस ९कोभिड–१९० का कारण पहिलोपटक लकडाउन भएएता नेपाल रिङ रेस्लिङ संघको सक्रिएतामा भएको यो नवौं प्रतियोगिता हो । यसअघि दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, बसन्तपुर डबली, बूढानीलकण्ठ, शिवपुरी र पोखरामा रेस्लिङ प्रतियोगिता भएको थियो । नुवाकोटमा दुईपटक रेस्लिङ भइसकेको छ ।









साताको शेयर बजार : कारोबार भएको पाँचै दिन बढ्यो नेप्से
काठमाडौँले चितवनलाई दियाे १४३ रनको लक्ष्य
नबिल बैंक र नेपाल इन बिजनेसबीच एसएमई कर्जा प्रदानबारे सम्झौता
चितवनमा भूमिगत विद्युतीकरणको काम ८० प्रतिशत सम्पन्न
सप्तकोशी सिमेन्टले सर्वसाधारणका लागि आईपीओ जारी गर्ने, बिक्रि प्रवन्धकमा सिद्धार्थ क्यापिटल
के पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको जेलभित्रै हत्या भएकाे हाे ?
दाहसंस्कारका लागि ल्याइएकी महिला कफिनभित्र जीवित भेटिएपछि…
टी-२० विश्वकप तालिका सार्वजनिक, नेपालको पहिलो खेल कुन देश संग ?
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध मुस्लिम महिलाको गम्भीर आपत्ति : विरोधमा कार्यक्रम गर्दै
महाकालीमा डुबेर एक युवक बेपत्ता, खोजीकार्य जारी
प्रतिक्रिया