माओवादी केन्द्रीय समिति बैठक
कमजोरी सुधार्न सके आगामी निर्वाचनमा माओवादी कम्युनिस्टहरूको पहिलो पार्टी बन्छ : प्रचण्ड
अन्तर्घात र काँग्रेसका कारण स्थानीय तहमा लक्ष्यअनुसार नतिजा आउन नसकेको माओवादीको निष्कर्ष

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीमा देखा परेको कमजोरी सुधारेर अगाडी जान सकिएमा आउने संघ र प्रदेशको चुनावमा माओवादी पार्टी कम्युनिष्ट पार्टीहरुमध्ये पहिलो पार्टी बन्न सक्ने बताएका छन् । स्थानीय तह निर्वाचनमा पार्टीको मत सुधारिउर आएको र त्यसले पनि आफुभित्रकै कमजोरी सुधार्न सके कम्युनिष्टमा माओवादी पहिलो पार्टी बन्ने प्रचण्डको भनाई थियो ।
काठमाडौंमा आज देखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गदैं अध्यक्ष प्रचण्डले त्यस्तो बताएका हुन् । गत स्थानीय तह निर्वाचनमा पार्टीले १५० देखि १७५ को बीचमा स्थानीय तह निर्वाचनमा नेतृत्व जित्ने अपेक्षा लिएपनि अन्तर्घात र गठबन्धनका कारण सो अनुसारको परिणाम प्राप्त गर्न भने नसकिएको प्रचण्डकाो भनाई थियो ।
उनले तर, नतिजा तेस्रो स्थानमा भएपनि मत भने सुधारिएर आएको बताए ।
गठबन्धनमा पनि विशेषगरी काँग्रेस इमान्दार नहुँदा नतिजा प्रभावित भएको माओवादी अध्यक्ष प्रचण्डको भनाई थियो ।
माओवादीलाई हराउन गठबन्धनकै दलहरु लागिपरेको भन्दै प्रचण्डले माओवादी बलियो भएको ठाउँमा अन्य दलले खेलेको र कमजोर भएको ठाउँमा कुनै सहयोग नभएको बताए । रुकुम, रोल्पा, कालीकोट जस्ता जिल्लाहरुमा अरु दल एकातिर र माओवादी एक्लै एकातिर हुनुपरेको पनि प्रचण्डले बताएका थिए ।
‘हामीले गठबन्धनको धर्म र कर्मअनुसार काम गर्यौं । केन्द्रीय समझदारीअनुसार जानेमा हामी इमानदार देखियौँ’, प्रचण्डले भने, ‘उनीहरु (काँग्रेसलगायतका गठबन्धनका दलहरु) फाइदा जे हुन्छ त्यसैतिर लागे । विशेषगरी काँग्रेस त्यसमा अगाडि देखियो ।’
प्रचण्डले केन्द्रीय समिति बैठकमा अब गठबन्धनलाई कसरी अघि लैजाने भनेर छलफल हुने पनि बताए । उनले गठबन्धनलाई प्रभावकारी बनाउन सम्भव छ कि छैन भनेर पनि छलफल गरिने बताए । प्रचण्डले पार्टीभित्रका अन्तर्घातीहरुलाई पनि कारबाही गरिने बताए ।
















मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
इरानको नयाँ शान्ति प्रस्तावमा अमेरिकी राष्टपति ट्रम्प असन्तुष्ट
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
ओलीको नयाँ भर्सन बालेन सरकार- हर्क साम्पाङ
प्रतिक्रिया