चेरी टिग्गो ७ प्रो नेपालमा, मूल्य ७४ लाख ९९ हजार

नेपालमा चेरी कारको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले चेरी टिग्गो ७ प्रो औपचारिक रुपमा सार्वजनिक गरेको छ।
प्रो सिरिजको आकर्षक १.५ लिटर टर्बो पेट्रोल इन्जिनयुक्त सो एसयूभी थापाथली शोरुममा टेस्ट ड्राइभका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ।
चेरी प्रो फेमिली सिरिजको नयाँ मोडल चेरी टिग्गो ७ प्रो उत्कृष्ट डिजाइन, समृद्ध प्राविधिक सक्षमता र सुरक्षित तथा आरामदायी ड्राइभिङ अनुभवका लागि परिचित छ।
यसमा भएको इन्जिनले १४७ पीएस पावर र २१० एनएम टर्क जेनेरेट गर्छ। सो इन्जिन ९ स्पिड सीभीटी गियरबक्ससँग जोडिएको छ। यसले गर्दा सुस्त र तीव्र दुवै स्पिडमा लगातार रुपमा उच्च पावर प्रदान गर्छ।
यसको इन्टेरियर निकै नै आकर्षक छ। लेदर सिट सहितको ब्ल्याक–बेज थिममा आधारित क्याबिन छ। फ्रन्टमा सिक्स–वे इलेक्ट्रिकल्ली एड्जस्टेबल ड्राइभिङ सिट छ भने प्यासेन्जर सिट चाहिं फोर–वे इलेक्ट्रिकल्ली एड्जस्टेबल छ। यसमा थप फिचरको रुपमा प्यानोरामिक सनरुफ छ।
यसमा ७ इन्च इन्स्ट्रयुमेन्ट क्लस्टर, १०।२५ इन्चको एचडी सेन्ट्रल कन्ट्रोल र एसी टचस्क्रिन सहितको ड्यासबोर्ड छ, जुन सबै इन्टरकनेक्टेड भएकाले प्रयोगकर्ताका लागि अझै इन्टेलिजेन्ट अनुभव गराउछ। यो गाडीमा ब्लुटुथ कनेक्टिभिटी, फिंगरटिपबाटै कन्ट्रोल गर्न सकिने क्रुज कन्ट्रोल र इन्टेलिजेन्ट भ्वाइस कन्ट्रोल जस्ता विभिन्न अत्याधुनिक प्रविधिहरु उपलब्ध छन्।
यसमा फोर एड्जस्टमेन्ट सेटिङ गर्न सकिने मल्टी फङसन स्टेयरिङ ह्विल छ भने वायरलेस चाार्जर समेत उपलब्ध छ। यसमा भएको ३६० डिग्री क्यामेराको प्रयोग गरी गाडीको चारैतिरको अवस्था थाहा पाउन सकिन्छ भने ब्याकअप क्यामेराका कारण पार्किङ सहज हुन्छ।
सुरक्षाको मामिलामा पनि यो गाडीमा कुनै सम्झौता नगरिएको कम्पनीको दाबी छ। यसमा भएको ६ एयरब्याग, ईबीडी र बीए सहितको एबीएस, ईएसपी, टीसीएस, एचएसी, एचडीसी आदिले ड्राइभिङ अनुभवलाई अझै सुरक्षित बनाउछ।
नेपाली बजारमा टिग्गो ७ प्रोको मूल्य ७४ लाख ९९ हजार रुपैयाँ तोकिएको छ। टिग्गो ७ प्रो ३ ड्युअल टोन र ७ मोनोटोन अप्सनमा उपलब्ध छ। ड्युअल टोनमा ब्ल्याक एन्ड रेड, ह्वाइट एन्ड ब्लु र ब्ल्याक एन्ड ह्वाइट अप्सन उपलब्ध छ भने मोनोटोनमा ब्लु, जेड ब्लु, ज्वेल रेड, सिल्भर, ग्रे, ब्ल्याक र ह्वाइट कलर अप्सन उपलब्ध छ।















६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
Slight decline in gold, silver prices
जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया