बिहीबार, फागुन २८, २०८२

आइएमई पे र क्यूआरबीच सम्झौता

मेरोन्यूज २०७९ असार २० गते १६:५४

काठमाडौँ । आइएमई ग्रुपद्वारा संचालिल ‘आइएमई डिजिटल सोलुसन लिमिटेड’द्वारा प्रवद्र्धित आइएमई पे र एससीटीद्वारा संचालित स्मार्ट क्यूआरबीच सम्झौता भएको छ । सम्झौताअनुरुप बिगमार्ट सुपर मार्केटको सम्पूर्ण आउटलेटमा आइएमई पेमार्फत स्मार्ट क्यूआर स्क्यान गर्दा १५ प्रतिशत छुट पाउने छन् ।

Advertisement
nepal life insurencenepal life insurence

डिजिटलाइज नेपालतर्फ सँगै अगाडि बढ्ने संकल्प व्यक्त गर्दै यस योजनाका लागि आइएमई पे र स्मार्ट क्यूआरले सहकार्य गरेका हुन् । कम्पनीले यो योजनाले प्रयोगकर्तामा व्यापक दायरालाई डिजिटल भुक्तानी विधितर्फ लाग्न प्रोत्साहित गर्ने विश्वास राखेको छ ।

साझेदारी अवधिभर निश्चित नियम र सर्तअन्तर्गत प्रत्येक प्रयोगकर्ताले १५ प्रतिशत छुट प्राप्त गर्न सक्ने र सोही अवधिभर प्रत्येक लेनदेनमा प्रयोगकर्ताले २५ सय रुपैयाँसम्म छुट पाउने छन् ।

प्रतिक्रिया