बिहीबार, फागुन २८, २०८२

कुरा उठेपछि उठ्यो-उठ्यो, अर्थमन्त्रीमाथि छानबिन हुनु पर्छ : गगन थापा

मेरोन्यूज २०७९ असार २० गते १९:०७

काठमाडौँ । नेपाली काग्रेसका महामन्त्री गगन थापाले अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिनु पर्ने बताएका छन् । सोमबार प्रतिनिधिसभाको बैठकपछि बोल्दै उनले अर्थमन्त्रीले पदबाट राजीनामा दिनुको विकल्प नभएको बताएका हुन् ।

Advertisement
nepal life insurencenepal life insurence

अर्थमन्त्री शर्माको सम्बन्धमा संसदभित्र र बाहिर प्रश्न उठेकाले राजीनामा दिनु पर्ने महामन्त्री थापाले बताए । उनले अर्थमन्त्रीले स्वेच्छाले राजीनामा नदिए प्रधामन्त्रीले तत्काल हटाएर छानबिन गर्नु पर्ने बताएका थिए ।

उनले यस विषयमा छानविन नगर्ने हो भने गलत नजिर बस्ने भएकाले दोषी देखिए कारबाही गर्न माग गरे । ‘अहिले अर्थ मन्त्रालयले सीसीटीभि फुटेज जम्मा १३ दिनको छ भनेर भनिसके पछाडि मलाई के लाग्छ भने तत्काल प्रधानमन्त्रीले यसका बारेमा एउटा एक्सनमा जानु पर्छ,’ उनले भने, ‘यति कुरा उठिसकेपछि अब यो उठ्यो–उठ्यो, यत्तिकै गयो भनेर हुँदैन, यस्तो ग¥यौँ भने अन्त्यमा यसको एउटा नजिर बस्छ, जे गरे पनि हुन्छ भन्ने कुरा रहन्छ ।’

महामन्त्री थापाले अर्थ मन्त्रालयको सीसीटीभी फुटेज नरहेको विषय बाहिर आएपछि झनै प्रश्न उठेको बताए । उनले अर्थमन्त्री शर्मालाई राजीनामाका लागि आफूहरुले अनौपचारिक रुपमा भनिसकेको दाबी गरे ।

प्रतिक्रिया