बस दुर्घटनामा फाल हानेर बाँचेका चालक आफै पुगे प्रहरी चौकी

काठमाडौँ । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १३ पुगेको छ ।
नौ जनाको घटनास्थलमा र चार जनाको काभ्रेस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । अन्य २२ जना घाइते छन् ।
सामान्य घाइते भएका गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सहचालक उपचारपछि घर फर्किएका छन् । अन्य २० जनाको उपचार जारी छ ।
जिल्ला प्रशासन कार्यालय रामेछापका अनुसार गाडीमा चालक सहचालकसहित ३५ जना रहेका थिए । उनीहरूमध्ये चालक गाडी घुम्तीबाट खस्नै लाग्दा फाल हानेकाले ठूलो घाइते हुनबाट जोगिएका छन् ।
उनी आफैँ रामेछाप प्रहरीको सम्पर्कमा पुगेको जनाइएको छ । रामेछापका प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले उनलाई अहिले प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।
आज बिहान झण्डै ७ बजेतिर रामेछापको सुनापती गाउँपालिकाको केन्द्र हिलेदेवीबाट काठमाडौँ आउँदै गरेको बा ३ ख ८३९६ नम्बरको यात्रुबाहक बस बिहान अन्दाजी १० बजेको समयमा जिल्लाको सुनापती गाउँपालिका ५ लुभुघाटमा दुर्घटनामा परेको थियो ।
स्थानीयवासीले गाडीको ब्रेक फेल भएर दुर्घटना भएको दाबी गरेका छन् । प्रहरीका केन्द्रीय प्रवक्ता विष्णुकुमार केसीले पनि गाडीको इञ्जिन खराबीले दुर्घटना भएको प्रारम्भिक अनुमान रहेको जानकारी दिए ।
















ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया