शर्मामाथिको छानबिन नसकिएसम्म माओवादीले अर्को अर्थमन्त्री बनाउँदैन : वर्षमान पुन

काठमाडौं । जनार्दन शर्मामाथिको छानबिन नसकिएसम्म नेकपा (माओवादी केन्द्र)ले अर्को अर्थमन्त्री नबनाउने भएको छ । अनधिकृत मानिसलाई अर्थ मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप लागेका शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएसँगै माओवादी केन्द्रले छानविन नसकिएसम्म अर्को अर्थमन्त्री नबनाउने जनाएको हो ।
संसद भवनमा संवाददाताहरूसँग कुरा गर्दै माओवादी नेता वर्षमान पुनले शर्माले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गरेको बताए।
‘पार्टीले उहाँलाई राजीनामा दिन सुझाव दिएको थियो, अनिवार्य भनेको थिएन,’ पुनले भने,‘उहाँले राजीनामा दिएर उच्च नैतिकता प्रदर्शन गर्नुभयो। छानबिन नसकिएसम्म पार्टीले अरूलाई अर्थमन्त्री बनाउँदैन।’ छानबिनमा शर्मा निर्दोष सावित भएपछि उनी नै अर्थमन्त्री बन्ने पुनले बताए
शर्मामात्री आर्थिक वर्ष २०७९/०८० को बजेट बनाउँदा अनधिकृत मानिसलाई अर्थ मन्त्रालयमा बोलाएर करका दर हेरफेर गरेको आरोप छ । सो आरोप लागेसँगै उनले बुधबार संसदमा राजीनामा घोषणा गरेका छन् । उनीमाथि छानबिन गर्न संसदले ११ सदस्यीय विशेष समिति बनाएको छ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया