चट्याङले इन्टरनेटमा क्षति, इ–पासपोर्ट सेवा अवरुद्ध
मेरोन्यूज
२०७९ असार २३ गते ६:१५

खोटाङ । चट्याङका कारण इन्टरनेट स्टेशनमा क्षती पुग्दा खोटाङमा इ–पासपोर्ट सम्वन्धी सेवा अवरुद्ध भएको छ । उदयपुरको रौतास्थित इन्टरनेट स्टेशनमा चट्याङका कारण क्षती हुँदा जिल्ला प्रशासन कार्यालयको इ–पासपोर्ट सम्वन्धी सेवा अवरुद्ध भएको हो । इन्टरनेट स्टेशनको क्षतीग्रस्त उपकरण मर्मत सम्भारको काम हालसम्म नसकिएको र अझै केही दिन लाग्ने भएकाले इन्टरनेटको समस्या समाधान नभएसम्मका लागि इ–पासपोर्ट सम्वन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने प्रशासनले जनाएको छ ।
यसअघि दुई दिन २० र २१ असारमा इ–पासपोर्ट सम्वन्धी सम्पूर्ण कार्य अवरुद्ध हुने भन्दै सुचना जारी गरेको राहदानी शाखाले पुःन बुधबार अर्को सुचना जारी गर्दै इन्टरनेटको समस्या हल नभएसम्मका लागि इ–पासपोर्ट सम्वन्धी कार्य नहुने जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालया इन्ट्रानेटमार्फत इ–पासपोर्टको कार्य हुँदैआएको जनाइएको छ ।
सम्बन्धित
















आगामी निर्वाचन देशको स्वाधीनताका लागि महत्त्वपूर्ण छः उपाध्यक्ष थापा
कसुरजन्य सम्पत्तिको एकीकृत विवरणका लागि प्रणाली यथाशीघ्र विकास गर्नुहोस्ः गृहमन्त्री अर्याल
अर्कैको नाममा प्रहरी जवानको परीक्षा दिने १२ जना पक्राउ
लाखौँ भक्तजन साँखुस्थित शालीनदीमा (फाेटाेफिचर), अश्वमेध यज्ञ गरी माधवनारायण मेला समापन गरिने
बालेन शाहको काठमाडौंस्थित घरमा चोरी,अनुसन्धान गर्दै प्रहरी
एकैदिन २० हजार ५ सयले घट्यो सुनको भाउ
संसद् पुनर्स्थापनाको मुद्दाबारे अविलम्व फैसला गर्न ओलीको माग
राष्ट्रपति पौडेल जापान जाँदै, यस्तो छ भ्रमण तालिका
अमेरिकालाई खुसी पार्न भेनेजुएलामा राजनीतिक बन्दी रिहाइ हुने आममाफी विधेयक प्रस्तुत
प्रतिक्रिया