टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता घोषणा

कैलाली । कैलालीको टीकापुर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरिएको छ । नगरप्रमुख रामलाल डगौरा थारूले एक कार्यक्रमका वीचमा नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका एवं दिगोपना घोषणा गरेका हुन् ।
सो अवसरमा उद्योग पर्यटन तथा वातावरणमन्त्री मानबहादुर धामीले कैलालीमा टीकापुर, भजनी, गौरीगङ्गा पालिका पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको जनाउँदै दिगो विकास लक्ष्य प्राप्तिका लागि गरेका कामको सरहाना गरेका थिए ।
“समयमै १५ देखि २३ महिनासम्मका बालबालिकालाई सबै खोप लगाउन पालिकाले गरेको कार्यले आज पूर्णखोप सुनिश्चित पालिका घोषणा भएको छ”,उनले भने, “आउँदा दिनमा पनि निरन्तरता दिनुहोला । स्वास्थ्यमा पालिकाले गरेका कार्यले अन्य पालिकालाई पनि प्रेरणा मिल्नेछ ।” मन्त्री धामीले पूर्णखोप घोषणालगायतका कार्यका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने पनि बताए ।
कार्यक्रममा विश्व स्वास्थ्य संगठनका डा निमेश खतिवडाले टीकापुरले अब कोभिड–१९ खोप पनि सबैलाई समयमै लगाएर चाँडै पूर्णखोप घोषणा गर्नेमा आशावादी रहेको बताए ।
टीकापुर अस्पताल व्यवस्थापन समितिका अध्यक्ष झपट सोडारीले टीकापुरका नागरिकलाई सहज स्वास्थ्य सेवाका लागि टीकापुर अस्पतालले पालिकाहरूसँग समन्वय गरेर सेवा दिइरहेको जानकारी दिए । “हामीकहाँ सातामा दुई दिन खोप कार्यक्रम सञ्चालन हुन्छ, अस्पतालमा खोप सेवा लिनेको सङ्ख्यासमेत धेरै छ”, उनले भने, “सहज सेवाका लागि काम गरिरहेका छौँ ।”
कार्यक्रममा पूर्णखोप कार्यक्रममा सघाउने वडाध्यक्षहरू, स्वास्थ्य प्रमुख, कर्मचारी, खोप कार्यकर्तालाई प्रमाणपत्रसहित सम्मान गरिएको छ ।
















प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सेयर बजारमा २५ अंकको गिरावट
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया