अटो दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
मेरोन्यूज
२०७९ असार २४ गते १९:२९

झापा । जिल्लाको कनकाई नगरपालिका ३ एकान्त टोलमा रोकी राखेको अटोलाई ट्रयाक्टरले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।
मृत्यु हुनेमा कन्काई नगरपालिका ३ की ३४ वर्षीया कमला नेपाल रहेको जिल्ला ट्रफिक प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार कनकाई नगरपालिका ३ एकान्त टोलभित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ आउँदै गरेको मे १ त ७८३१ नम्बरको ट्रयाक्टरले रोकी रहेको मे १ ह ६९६० नम्बरको अटोलाई ठक्कर दिएको थियो ।
टाउकोमा चोट लागेर घाइते भएकी नेपालको उपचारका क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा परी सोही स्थानकी अर्की ३६ वर्षीय मुना कार्की गम्भीर घाइते भएकी छन् ।
ट्याक्टर र चालक कन्काई नगरपालिका ७ का २४ वर्षीय यतुवा मर्डीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सम्बन्धित
















ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया