श्रीलंका : प्रदर्शनकारीले निवास घेरेपछि भागे राष्ट्रपति गोटाभाया राजापक्ष
मेरोन्यूज
२०७९ असार २५ गते १३:४३

काठमाडौं । श्रीलंकाका प्रदर्शनकारीहरुले निवास घेराउ गरेपछि राष्ट्रपति गोटाभाया राजापक्ष भागेका छन् । न्युज एजेन्सी एएफपीका अनुसार कोलम्बोस्थित निवासलाई प्रदर्शनकारीहरुले घेरेपछि उनी भागेका हुन् ।
श्रीलंकामा आर्थिक संकट सुरु भएपछि शनिबार राजधानी कोलम्बोमा सबैभन्दा ठूलो प्रदर्शन गरिएको थियो । प्रहरीले भीडलाई तितरबितर गर्न अश्रुग्यास प्रहार गरेको सञ्चारमाध्यमहरुले जनाएका छन्। त्यसलगत्तै सरकारी निवास छाडेर राष्ट्रपति राजापक्ष निवास छाडेर भागेको समाचार आएको हो ।
आर्थिक संकटमा परेको श्रीलंकामा निरन्तर रुपमा सरकार विरोधी प्रदर्शन हुँदै आएका छन् । राजनीतिज्ञहरुले अर्थतन्त्रलाई राम्रोसँग सञ्चालन गर्न नसकेको भन्दै उनीहरु प्रदर्शनकारीको निसाना पर्दै आएका छन् ।
सम्बन्धित









ढाकामा तनाव बढ्दो: सञ्चारगृह र पत्रकारमाथि आक्रमण
पाटन उच्च अदालतमा युवतीले गरिन् आत्महत्याको प्रयास
सुनको मूल्य तोलामा दुई हजारले घट्यो
एमाले नेतृत्वमाथि छोएका दिन देश ठप्प हुनुपर्छ, यो सरकार ढल्नुपर्छ : ओली
रविलाई रिहा गर्न अदालतले दिएको आदेशमा के छ ?
आज २०८२ साल पुस ४ गते शुक्रबारको राशिफल
इक्वेडरका फुटबलर पिनिडाको गोली हानी हत्या
हात्तीलाई जिउँदै आगो लगाएको आरोपमा तीन जना पक्राउ
प्रतिक्रिया