मर्स्याङदीका भूमिहीनलाई लालपूर्जा दिन निस्सा वितरण सुरु

लमजुङ । लमजुङको मर्स्याङ्दी गाउँपालिकामा भूमिहीनलाई लालपूर्जा वितरण प्रक्रियाका लागि निस्सा वितरण गरिएको छ । राष्ट्रिय भूमि आयोग लमजुङको सहकार्यमा मस्र्याङदी गाउँपालिकाले वडाको समन्वयमा निस्सा वितरण गरेको हो ।
गाउँपालिकाका अध्यक्ष अर्जुन गुरुङ, राष्ट्रिय भूमि आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारी, आयोगका विज्ञ सदस्य, वडाअध्यक्ष सहितको टोलीले निस्सा वितरण गरेको हो ।
भूमिहीन सुकुम्बासी पहिचान भएका व्यक्तिलाई निस्सा प्रदान गर्दै गाउँपालिका अध्यक्ष अर्जुन गुरुङले आवश्यक प्रक्रिया पूरा गरी जतिसक्दो छिटो लालपुर्जा वितरण गरिने बताए ।
आयोगका जिल्ला अध्यक्ष दामोदर अधिकारीले भूमिहीन र अव्यवस्थित वसोवासलाई अभिमुखिकरण गर्दै निस्सा वितरण विधि र कानुनी प्रावधानको वारेमा जानकारी गराए । आयोगले सम्बन्धित पालिकाको सहकार्यमा काम गरेको भन्दै सम्भवत् आगामी दशैं भित्रमा सम्वन्धित परिवार तथा व्यक्तिको हातहातमा लालपुर्जा उपलब्ध गराइनेसमेत बताए ।
कार्यक्रममा अध्यक्ष अधिकारीले अव्यवस्थित बसोबासीहरूको हकमा यदि गरिब पहिचान भएमा ३५ प्रतिशत छुटमा भोगचलन गरिरहेको जग्गा प्राप्त गर्ने जानकारी गराए । गरिब पहिचान नभएको खण्डमा भने सम्बन्धित परिवारले जग्गाको मूल्यसहित २०० प्रतिशतसम्म कर तिर्नपर्ने आयोगले जनाएको छ । यदि कसैले छलकपट गरी सुकुम्बासी लालपुर्जा लिने प्रयास गरेको वा लिएको पाइएमा कैद सहित जरिवाना सजाय हुने कानुनमा उल्लेख छ ।
मर्स्याङ्दी गाउँपालिकामा ७८ भूमिहीन र १७७ अव्यवस्थित गरी २५५ व्यक्ति तथा परिवारलाई निस्सा वितरण गरिएको गाउँपालिकाका सूचना अधिकारी भरतराज वास्तोलाले जानकारी दिए ।
आयोगले यसअघि अव्यवस्थित बसोबास भएका, भूमिहीन दलित र भूमिहीन सुकुम्बासी गरी तीन प्रकृतिको लगत संकलन गरेको थियो । जिल्लामा हालसम्म संकलन भएका निवेदनहरूमा स्थानीय तहको सिफारिसअनुसार आवश्यक प्रक्रियाअघि बढाउने काम भइरहेको आयोगले जनाएको छ । आयोगका अनुसार आवश्यक प्रक्रिया पूरा गरेपश्चात भूमिहीन सुकुम्बासीले १३० वर्गमिटर वर्गमिटर जग्गा प्राप्त गर्नेछन् ।
















नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
रुसी जनरलमाथि गोली हान्ने संदिग्ध व्यक्ति दुबईबाट पक्राउ
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया