आईजीपी नियुक्ति प्रकरण : सरकारी वकिल बिरामी भएपछि शुक्रबारलाई सर्यो मुद्दाको पेसी

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सकेर फैसला गर्ने मिति तोकिएको सुनुवाइको पेसी सार्न सरकारी पक्षले निवेदन दिएको छ । सरकारी पक्षले बहसमा सहभागी हुन नसक्ने भन्दै निवेदन दिएपछि अर्को सुनुवाइ शुक्रबारका लागि सारिएको छ।
धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा आज सोमबारलाई पेसी तोकिएको थियो । आज, रिट निवेदक एआईजी पोखरेलका कानुन व्यवसायीले जवाफी बहस गर्ने तय थियो ।
सोमबार कामु प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासमा पेसी रहेको थियो । मुद्दाको पेसी असार २६ गते आइतबारका लागि तोकिएकोमा आइतबार सार्वजनिक बिदा भएपछि सोमबार सरेको थियो । तर, सोमबार पनि सरकारी पक्षले बहसमा सहभागी हुन नसक्ने भन्दै निवेदन दिएपछि शुक्रबारलाई पेसी सरेको हो ।
















बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
इनड्राइभद्वारा ड्राइभर पार्टनर्सका लागि सुरक्षा तालिम सम्पन्न
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिक्रिया