गठबन्धनबारे ओलीको टिप्पणी : एमालेले नक्कली बिहे गरेर सक्कली डिभोर्स गर्दैन
मेरोन्यूज
२०७९ असार २७ गते १७:०३

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा गठबन्धन नगरी प्रतिस्पर्धा गर्ने बताएका छन् ।
सोमबार पत्रकारहरुसँग कुरा गर्दै उनले यथास्थिति नै दोहोरिने खालका गठबन्धन बनाउन एमाले अग्रसर नहुने बताए । बिहे र डिभोर्सको प्रसंगलाई जोडेर गठबन्धनबारे ओलीले नक्कली बिहे गरेर सक्कली डिभोर्स नगर्ने बताए ।
‘एकपल्ट बिहे हुन्छ फेरि डिभोर्स हुन्छ, फेरि बिहे हुन्छ, फेरि डिभोर्स पनि हुन्छ, यसको पछाडिको कारण डिभोर्स चाहिँ साँचो हुन्छ,’ उनले भने, ‘बिहे चाहिँ नक्कली हुन्छ, त्यसैले साँचो डिभोर्स गर्नका लागि नक्कली बिहे गर्न एमाले हत्तारिँदैन ।’
देश र जनतालाई हित र फाइदा नहुने गठबन्धन एमालेले नगर्ने भन्दै उनले देश परिवर्तनको शक्तिसहित अघि बढ्ने बताए ।
सम्बन्धित
















ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
प्रतिक्रिया