बढ्यो कोरोना संक्रमण, एकैदिन १६८ संक्रमित थपिए
मेरोन्यूज
२०७९ असार २७ गते १७:३४

काठमाडौँ । कोरोना भाइरसको संक्रमण दैनिक बढिरहेको छ । आज १६८ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको बुलेटिनका अनुसार तीन हजार २० परीक्षण गर्दा आज सो संख्यामा संक्रमण देखिएको छ । सक्रिय संक्रमितको संख्या ७७० रहेको छ । सो अवधिमा ३७ संकमणमुक्त भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या नौ लाख ६७ हजार ७२४ पुगेको छ । यो दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । शून्य संक्रमित भएका जिल्ला १५ रहेका छन् ।
काठमाडौँमा २०० बढी सक्रिय संक्रमित छन् । होम आइसोलेशनमा ७४९, संस्थागत आइसोलेशनमा २१ रहेका छन् । सघन उपचार कक्ष (आइसियु)मा १२ र भेन्टिलेटरमा एक जनाको उपचार भइरहेको छ ।
सम्बन्धित
















प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित
ओमानसँग नेपाल १०२ रनले पराजित
पर्वतको लुङ्खु – हुवास सडक कालोपत्र सम्पन्न
सेयर बजारमा २५ अंकको गिरावट
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
प्रतिक्रिया