एनएमबि बैंकले गर्यो फ्लाइवयरसँग समझदारी

काठमाडौँ । एनएमबि बैंकले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने विद्यार्थीलाई लक्षित गरी डिजिटल भुक्तानीका लागि फ्लाइवायर कर्पोरेशनसँग द्विपक्षीय समझदारी गरेको छ ।
यो समझदारीसँगै एनएमबि बैंक फ्लाईवायरको तर्फबाट विश्व भरका एक हजार ७०० भन्दा बढी शैक्षिक संस्थामा भुक्तानीका लागि नेपालको एकमात्र बैंक भएको छ । नेपालबाट विदेशमा अध्ययनरत तथा विदेश अध्ययन गर्न जाने विद्यार्थीले फ्लाइवायरमार्फत अमेरिका, क्यानडा र अष्ट्रेलियामा अन्तर्राष्ट्रिय शिक्षाको भुक्तानीका लागि कुनै पनि नेपाली बैंकबाटै आफ्नो शैक्षिक खर्च तिर्न सक्ने छन् ।
अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी गर्न चाहने नेपाली ग्राहकले परम्परागत भुक्तानी प्रक्रिया निकै झन्झटिलो र सुरक्षा जोखिमयुक्त थियोे । त्यसै गरी रकम प्राप्त हुने संस्थामा पनि ट्युशन शुल्क सजिलै ट्रयाक गर्न र विभिन्न मुद्रामा भएको भुक्तानी स्वीकार गर्न गाह्रो हुने तथा धेरै कागजी प्रक्रिया पूरा गर्नु पर्ने बाध्यता थियो ।
‘फ्लाइवायरसँगको सहकार्यले हामी ग्राहकका लागि विभिन्न जोखिमहरु हटाई एक सुव्यवस्थित भुक्तानी प्रदान गर्ने लक्ष्य राख्द्छौँ, यसले अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानीमा एकद्वार समाधानको श्रोतले गर्दा महत्वपूर्ण हुनेछ,’ एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले भने ।















यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
मौसममा पश्चिमी प्रणालीको प्रभाव: केही स्थानमा वर्षा र हिमपातको सम्भावना
फागुन २९ गते शुक्रबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
अमेरिकाले आफनाे बिजुली नेटवर्कलाई लक्षित गरे सबैतिर ‘अँध्यारो’ बनाइदिने इरानकाे चेतावनी
समानुपातिकतर्फको सिट सङ्ख्या सार्वजनिक, कस्काे कति सिट ?
भारतीय प्रधानमन्त्री मोदीसँग रवि र बालेनको फोनवार्ता
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
पाँच इरानी महिला फुटबल खेलाडीलाई अष्ट्रेलियामा शरण
प्रतिक्रिया