श्रीलंकामा प्रदर्शनकारीबीच एकआपसमा झडप, १० जना घाइते

काठमाडौँ । श्रीलंकाको राजधानी कोलम्बोको टेम्पल ट्रीमा मंगलबार झडप हुँदा कम्तीमा १० जना घाइते भएका छन् । उनीहरूलाई अस्पताल भर्ना गरिएको छ ।
घाइते हुने नौ पुरुष र एक महिलालाई उपचारका लागि भर्ना गरिएको छ । तीमध्ये ६ जनालाई कोलम्बो नेसनल अस्पताल मा भर्ना गरिएकोडेली मिररले स्रोतलाई उद्धृत गर्दै उल्लेख गरेको छ । दुई जना घाइते बने उपचारपछि डिस्चार्ज भइसकेका छन् ।
देशको बिग्रँदै गएको आर्थिक अवस्थाले तनाव बढाएको छ । पछिल्ला केही हप्तामा इन्धन पसलहरूमा सर्वसाधारण र प्रहरीबीच थुप्रै भिडन्त भएका समाचार सार्वजनिक भएका छन् ।
शनिबार हजारौँ मानिस विरोध प्रदर्शन गर्दै फोर्टस्थित राष्ट्रपति भवनमा प्रवेश गरेका थिए । यसअघि शनिबार सभामुख महिन्दा यापा आबेवर्देनाले पत्रकार सम्मेलनमा राष्ट्रपतिले जुलाई १३ मा आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका थिए ।
प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले पनि विरोध प्रदर्शनका बीच आफ्नो पदबाट राजीनामा दिने घोषणा गरेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीको निवास कब्जामा लिएका आन्दोलनकारीले आफूहरु नआएसम्म घर कब्जा गरिरहने स्पष्ट पारेका छन् ।
श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएपछि सबैभन्दा खराब आर्थिक संकटबाट गुज्रिरहेको छ । तेल आपूर्ति अभावले विद्यालय र सरकारी कार्यालय अर्को सूचना नभएसम्म बन्द छन् ।
घरेलु कृषि उत्पादनमा कमी, विदेशी मुद्रा सञ्चितिको कमी र स्थानीय मुद्राको अवमूल्यनले अभाव बढाएको छ । विनिमय सञ्चिति र स्थानीय मुद्राको अवमूल्यनले यो अभाव बढाएको हो ।
















निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
साँखुमा गोली चल्यो
प्रतिक्रिया