शाओमीका ग्राहकलाई मनसुन अफर

काठमाडौँ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपाली उपभोक्तालाई मनसुन अफर ल्याएको छ ।
कम्पनीले रेडमी नोट ११ सिरिजअन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो पाइभ जीको कुनै पनि भेरिएन्ट र शाओमी १२ सिरिजअन्तर्गत शाओमी १२ र शाओमी १२ एक्स ८ जीबी÷२५६ जीबी खरिद गर्ने उपभोक्तालाई लक्षित गरी मनसुन अफर सार्वजनिक गरेको हो ।
अफरअन्तर्गत उक्त मोडलका फोन किन्न चाहने उपभोक्ताले रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रो को खरिदमा आकर्षक छुट पाउन सक्ने छन् । यस अफरअन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो पाइभ जीको कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताका लागि मात्र १९९ रुपैयाँमा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ ।
त्यस्तै, ८ जीबी र २५६ जीबीको शाओमी १२ र शाओमी १२ एक्सको खरिदमा उपभोक्ताले मी नेकब्यान्ड ब्लुटुथ प्रो मात्र १४९९ रुपैयाँमा पाउन सक्ने छन् ।














पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँ घट्यो
जाडोमा छालाको हेरचाह कसरी गर्ने ? यस्ता छन् १२ टिप्स
निर्वाचन ४८ दिन बाँकी : यस्ता छन् मतदान अधिकृतको काम, कर्तव्य र अधिकार
आज कुन विदेशी मुद्राको विनिमयदर कति ?
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया