शुक्रबार, फागुन २९, २०८२

रिलायन्स लाइफ र सानिमा लाइफ बराबरी हैसियतमा मर्जरमा जाने

मेरोन्यूज २०७९ असार २९ गते ११:०३

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेड र सानिमा लाइफ इन्स्योरेन्स कम्पनीबीच एक आपसमा गाभ्ने-गाभिने (मर्जर)सम्बन्धी प्राराम्भिक सम्झौता भएको छ ।

Advertisement
nepal life insurencenepal life insurence

२९ असार बुधबार बिहान दुई कम्पनीले मर्जरको लागि प्रारम्भिक सम्झौता पत्रमा हस्ताक्ष गरेका हुन् ।

काठमाडौंमा एक समारोहका बीच रिलायन्स लाइफ इन्स्योरेन्सका तर्फबाट सञ्चालक भरतकुमार तोदी र सानिमा लाइफ इन्स्योरेन्सका तर्फबाट संचालक घनश्याम थापाले हस्ताक्षर प्रारम्भिक सम्झौतापत्र मा हस्ताक्षर गरेका हुन् ।

दायित्व तथा सम्पत्ति मूल्यांकन पश्चात् अन्यथा नभएमा १ः१ को स्वाप रेसियो कायम गर्ने प्रारम्भिक सहमति गरिएको जनाएको छ ।

प्रतिक्रिया