शुक्रबार, फागुन २९, २०८२

एक्साइडको डिलर मिट कार्यक्रम सम्पन्न

मेरोन्यूज २०७९ असार २९ गते १८:०२

काठमाडौं । नेपालस्थित भारतीय एक्साइड इन्डस्ट्रिजको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा.लि. ले हालैमात्र डिलर मिट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा एक्साइडका नेपालभरी रहेका १०० भन्दा धेरै डिलरहरु, सिप्रदी ट्रेडिङ्ग प्रा.लि.का प्रतिनिधिहरु र एक्साइड इन्डस्ट्रिजका प्रतिनिधिहरुको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा बिभिन्न बिधामा सर्वोत्कृष्ट डिलरहरुलाई सम्मान गरिएको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

सो कार्यक्रममा डिलरहरुलाई स्वागत गर्नुहुदै कम्पनिका सि.ई.ओ. राजन बाबु श्रेष्ठ ज्युले भने “हामि नेपाली बजारमा निरन्तर अग्रस्थानमा रहिरहन सफल हुनुको प्रमुख कारण भनेको हाम्रा वितरकहरुले हामिलाई गर्नुभएको अगाध माया र बलियो विश्वास हो”

देशकै नम्बर एक ब्याट्री ब्यान्ड एक्साइड मुख्यतः अटोमेटिभ, दुई पाङ्ग्रे, इन्भर्टर तथा सोलार ब्याट्रीको क्षेत्रमा काम गर्दछ । व्यवसाय सहज तथा प्रभावकारी रूपमा संचालन गर्नका लागि कम्पनीको नेपालभर बृहत् सेल्स तथा सर्भिस टिम रहेको छ ।

प्रतिक्रिया