जनकपुरमा बन्द गराउँदै हिँडेका १०० बढी सुकुमबासी पक्राउ
मेरोन्यूज
२०७९ असार ३० गते १२:०८

जनकपुरधाम । विभिन्न माग राखेर जनकपुर बन्दको घोषणागरी आन्दोलनमा उत्रिएका १ सय वढी सुकुम्बासी पक्राउ परेका छन् । चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासीलाई पक्राउ गरिएको प्रहरीको भनाई छ ।
जनकपुर बजार बन्द गराउँदै हिडेपछि उनीहरुलाई पक्राउ गर्नुपरेको प्रहरीले बताएको छ । सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहादा पनि सरकारले ध्यान नदिएको, सुकुमबासीलाई जग्गा नदिएको भन्दै यसअघि आन्दोलन गर्दै आएका उनीहरूले आज जनकपुरधाम बन्दको घोषणा गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार ९४ जना महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।
सम्बन्धित
















अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालयमा यसरी हुँदैछन् विद्यार्थी भर्ना
अफगानिस्तानको सुन खानीमा विस्पोट, पाँच जनाको मृत्यु
पश्चिम एशिया द्वन्द्वको मारमा नेपालको पर्यटन क्षेत्र
झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया