नेप्से परिसूचक १४.७१ अंकले वृद्धि

काठमाडौँ । पछिल्लो तीन दिनदेखि निरन्तर रुपमा नेप्से परिसूचकमा वृद्धि भएको छ । गत मंगलबारदेखि बढ्न थालेको नेप्से बिहीबार पनि निरन्तरता पाएको छ ।
बिहीबार नेप्से परिसूचक १४.७१ अंक बढेर २००१.५३ बिन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.७७ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.१० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.६३ अंकले बढेको छ ।
बिहीबार कारोबारमा आएका २२० कम्पनीको ६२ लाख १० हजार कित्ता शेयर दुई अर्ब ४१ करोड १८ लाख ३४ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । बुधबारको तुलनामा नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । बुधवार दुई अर्ब ४ करोड ४४ लाख ४३ हजार ७ रुपैयाँमा कारोबार भएको थियो ।
नेप्सेका १३ उपसमूहमा १३ वटै उपसमूहको परिसूचक बढेरका छन् । जसमध्ये जलविद्युत उपसमूहको परिसूचक सबैभन्दा बढी २.०४ प्रतिशत बढेको छ । वित्त र लघुवित्तको शेयर मूल्य १ प्रतिशतभन्दा बढी बढेको छ भने बाँकी अन्य उपसमूहको परिसूचक शून्य प्रतिशतभन्दा माथिले बढेका छन् ।
बिहीबार एनआईबिएल प्रगति फण्डको इकाई मूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यस्तै, प्रभु सेलेक्ट र अपर तामाकोशीको मूल्य ७ प्रतिशतभन्दा बढी बढेको छ भने बोटलर्स नेपाल तराईको मूल्य ६ प्रतिशतभन्दा बढी बढेको छ । तर, यता ग्रुडेन्सियल इन्स्योरेन्सको शेयरमूल्य ५.०१ प्रतिशत घटेको छ ।
कारोबार रकमका आधारमा एनआईसी एशिया बैंकले ३० करोड १८ लाख ८६ हजार रुपैयाँ बराबरको शेयर कारोबार गरेको छ । अपर तामाकोशीको यस दिन १४ करोडभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।














२७ बुँदे माग सम्बोधन गर्न सरकार र दुर्गा प्रसाईंबीच सम्झौता
निर्वाचन आयोगको षडयन्त्रपूर्ण निर्णय खारेज गर्छौं : पूर्णबहादुर खड्का
नेपाल एसबीआई बैंक लुटपाट आरोपमा सात जना पक्राउ, घरधनीनै मुख्य योजनाकार
अस्ट्रेलियामा बालबालिका खातामा कडाइ
गगन थापा पक्षलाई मान्यता दिने निर्वाचन आयोगकाे निर्णय
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
हाफ म्याराथनको उपाधि गुरुङलाई
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया