वर्षासँगै पहिरोको उच्च जोखिममा ४१ घर

काठमाडौँ । लगातारको वर्षसँगै दोलखाको जिरी नगरपालिकाको ४१ घर उच्च जोखिममा परेको छ । जिरी नगरपालिकामा बुधबारदेखि निरन्तर भारी वर्षासँगै विभिन्न ठाउँमा पहिरो जाँदा जोखिम बढेको हो ।
जिरी नगरपालिका ६ हाटडाँडा बजार क्षेत्रमा वर्षसँगै बुधबार दिउँसो पहिरो जाँदा १४ घर परिवार विस्थापित भएको नगरपालिकाका प्रमुख मित्र जिरेलले बताए ।
पहिराले घर बगाउने जोखिम बढेपछि विस्थापित परिवार स्थानीय आफन्त तथा छिमेकीको घरमा आश्रय दिएर बसेका छन् । विस्थापित भएका परिवारलाई तत्कालका लागि जिरी नगरपालिकाले त्रिपाल र खाद्यान्नका सामग्री वितरण गरिएको नगर प्रमुख जिरेलले बताए ।
हाटडाँडामा गएको पहिरोले १४ घरपरिवार विस्थापित भएका छन् भने पालिकाका विभिन्न क्षेत्रमा गरी ४१ घरपरिवार पहिराको जोखिममा परेका छन् । नगरपालिका खरोयो वन, कोथामेलगायत स्थानका स्थानीयलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको उनले बताए ।
त्यसैगरी जिल्लाको मेलुङ गाउँपालिकामा पनि पहिरोको उच्च जोखिम बढेको छ । मेलुङ गाउँपालिका ७ को जोगीगाउँ, थामी बस्ती, मगर गाउँलगायत स्थान पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष नवराज खड्काले बताए ।
मेलुङ ७ मा गएराति पहिरोले दुई घरमा क्षति पुगेको छ । उक्त वडामा पहिराका कारण हालसम्म ११ घरमा आंशिक क्षति पुर्याएको र २३ घर उच्च जोखिममा रहेको वडाध्यक्ष खड्काले बताए ।
















सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कती ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
काठमाडौंको बल्खु क्षेत्रमा पनि चल्यो डोजर (तस्बिरहरू)
टस जितेर यूएईविरुद्ध सुरुमा ब्याटिङ गर्दै नेपाल
म्यानमारकी पूर्व नेतृ सुकीलाई नजरबन्दमा राखिने
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
प्रतिक्रिया