मकरलाई आज मानसम्मान मिल्ने, तपाईको कस्तो छ राशिफल ?

काठमाडौं । आज मिति ३१ असार २०७९, शुक्रबार । तद्नुसार जुलाई १५ । साउन कृष्णपक्ष द्वितीया, तैतिल करण, श्रवण नक्षत्र, प्रिती योग, चन्द्रमा मकर राशिमा छ ।
आज बिहान सूर्योदय ०५ः१० मा भएको छ भने सूर्यास्त ०७ः०२ मा हुनेछ । आज ११ः४३ देखि १२ः२७ सम्म अभिजित मुहूर्त रहेको छ । यो समयमा शुभ कार्य गर्नु उत्तम हुनेछ । आजका देवता विष्णु र ग्रहदेव बुध हुन् । आजको दिन यात्राका लागि शुभ रहेको छ । शुक्रबार यात्राका लागि विशेष दिन पनि हो । आज व्यवसाय शुरुवात गर्दा पनि शुभ हुनेछ । आजको दिन ऋण आदानप्रदान दिनु उत्तम मानिदैन ।
यस्तो छ आजको राशिफल
मेष
मेष राशिका जातकका लागि रोजगारीको क्षेत्रमा नयाँ सफलता प्राप्त हुनेछ । आजको दिन नजिकको विष्णु, शिव मन्दिरको दर्शन गर्दा मनमा खुसीयाली छाउने छ । बिहानै सूर्योदयको दर्शन गरेर काम सुुरु गर्दा दिनभर गरिने कार्यमा सफलता प्राप्त हुनेछ । यात्रा निकै फलदायी हुनेछ ।
वृष
व्यापार व्यवसायबाट अर्थलाभ हुनेछ । सकारात्मक सोचले मात्र दैनिक काम गर्दा मनमा खुसी छाउनसक्छ । अनावश्यक आरोप लाग्नसक्छ । कुनै कुरा बोल्दा विचार गर्नुहोला । मौन रहनु उत्तम हुनेछ ।
मिथुन
आजको दिन परिवार र आफन्तजनले सहयोग दिनेछन् । आज सकारात्मक सोच मात्र राखेर काम गर्नुभयो भने मनमा खुसीयाली छाउने छ । कसैले लगाएको आरोपको विषयमा विवाद नगर्नु नै वेश हुनेछ । मौन रहनु निकै फलदायी रहनेछ ।
कर्कट
आजको दिन शुभ रहेको छ । आफ्नो कार्य कुशलता देखाउन सक्नुहुनेछ । आजको दिन आर्थिक र सामाजिक समस्या समाधान हुनेछ । कसैसँग विवाद र झगडा नगर्नुहोला । कसैसँग विवाद भयो भने दुवै व्यक्तिको हानी हुनसक्छ ।
सिंह
राहुकाल छलेर मात्र शुभ साइतको समयमा यात्रा गर्नुहोला । परिवारका सदस्यले अनावश्यक आरोप समेत लगाउनसक्नेछ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु, मौन रहनु नै बुद्धिमानी हुनेछ । अध्यामिक यात्राले फाइदा हुनेछ । बिहान सूर्योदयको दर्शन गर्नुहोला ।
कन्या
कन्या राशिका जातकका लागि आजको दिन आफन्तसँग सम्बन्धमा चिसो पन आउन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता हात लाग्नेछ । आजको दिन कन्याहरुलाई केही खानेकुरा दिनु उत्तम हुनेछ । कुनै देवीको मन्दिरमा यात्रा गर्दा पनि हुन्छ । बालिकालाई भोजन गराउनुहोला ।
तुला
आजको दिन सुरु गरेको काम सफल हुनेछ । कुनै कामको शुरुवात गर्नुभएको छ भने त्यो कामको सम्पादन पूरा गर्नका लागि मेहनतपूर्वक लाग्नुहोला । कुनै काम बीचमा छोडेको छ भने त्यो कामका पुरा नहुँदा मनमा चिन्ता भइरहन्छ । अर्थहानी हुन सक्नेछ ।
वृश्चिक
वृश्चिक राशिका जातकका लागि आज कार्यायोजनाअनुसार काम गर्नुभयो भने सफलता मिल्नेछ । चन्द्रमाको साथ छ, सूर्योदयको दर्शन र जल अभिषेक गर्नु गर्दा सोच अनुसार काम बन्नेछ । देवालयको नाम स्मरण मात्रले पनि मनमा शान्ति मिल्नेछ । अध्यात्मिक सेवामा केही समय दिनुभयो भने सफलता मिल्नेछ ।
धनु
धनु राशि भएका व्यक्तिका लागि आजको दिन ग्रह बलिया छन् । सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्री जातिको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । यात्रामा सफलता मिल्नेछ । यात्रा गर्दा प्रयोजनमूलक यात्रा मात्र गर्नुहोला । सामुहिक यात्राले तपाईहरुको लागि मनोरञ्जन दिनेछ ।
मकर
आजको दिन मानसम्मान मिल्ने छ । बिहानको सूर्योदयको दर्शन गरेपछिको दिन त उत्तम हुनेछ । आजको दिन देवस्थलको दर्शन गर्नाले मनमा प्रसन्नता छाउनेछ । अर्थलाभका कामबाट मानमा हर्ष छाउने छ । व्यापार ब्यबसायबाट सफलता प्राप्त हुनेछ । आजको यात्रा निकै फलदायी हुनेछ । चन्द्रमाको साथ रहेको छ ।
कुम्भ
व्यापारबाट प्राप्तबाट धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन व्रत गर्दा ेमनमा थप शक्ति मिल्नेछ । आज कसैसँग पनि अनावश्यक विवाद नगर्नुहोला । साँझको समयमा यात्रा नगर्नुहोला । शिवालय यात्रा गर्दा उत्तम हुनेछ ।
मीन
सूर्योदयको दर्शन गरेर मात्र दिनको शुरुवात गर्नुहोला । सकारात्मक सोच र अध्ययन अध्यापनमा मन लाग्नेछ । मीन राशिका जातकका लागि अध्यापन, लेखनमा रुचि बढ्नेछ । व्यापार व्यवसायमा हानी हुनसक्नेछ । आज व्रत गरेर, मौन रहेर नियमित काममा एकचित्त भएर लाग्नु वेश हुनेछ । आजको दिन आत्मसमीक्षा गर्नु उत्तम हुनेछ ।










विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज २०८२ साल पुस २७ गते आइतबारको राशिफल
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
प्रतिक्रिया