शुक्रबार, माघ ९, २०८२

५६ वर्षीय महिलालाई बलात्कार गर्ने दुई बालक पक्राउ

मेरोन्यूज २०७९ असार ३१ गते १६:०९

काठमाडौँ । एक महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना बालकलाई पक्राउ गरेको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका १ स्थित आफ्नै गोठमा सुतिरहेकी ५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले दुई बालकलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा १५ वर्षीय र १७ वर्षीय किशोर छन् ।

गत २५ असारमा गोठमा एक्लै सुतिरहेकी महिलामाथि दुवै जनाले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकालाई जबर्जस्ती करणीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी निगरानी कक्षमा राखिएको बारा प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिए ।

प्रतिक्रिया