कहिले निर्माण होलान् यी फिल्म ?

मुम्बई । बलिउड अभिनेत्री शनाया कपूरको डेब्यु फिल्म ‘बेधडक’को केही समयअघि घोषणा भयो । अभिनेता सञ्जय कपूरकी छोरी शनाया डेब्यु फिल्मलाई लिएर निकै उत्साहित थिइन् । उनले फिल्मकै लागि केही तयारी पनि गरेकी थिइन् । तर, निर्माण पक्षले यो फिल्म तत्कालका लागि नबनाउने निर्णय लिएपछि उनी दुःखी छन् । फिल्ममार्फत शनायासँगै गुरफतेह सिंह पीरजादा पनि बलिउडमा डेब्यु गर्ने तयारीमा थिए ।
फिल्म ‘बेधडक’ त एक उदाहरण मात्र हो, बलिउडमा यस्ता केही फिल्म छन्, जसको घोषणा भए पनि हालसम्म निर्माण भएका छैनन् । ती फिल्म कहिले निर्माण हुन्छ भन्ने पनि निश्चित छैन ।
तख्त
निर्माता तथा निर्देशक करण जोहारले सन् २०१८ मा निकै धमाकेदार शैलीमा मल्टीस्टारर फिल्म ‘तख्त’को घोषणा गरे । रणवीर सिंह, आलिया भट्ट, अनिल कपूर, विक्की कौशल, करिना कपुर खान, जाहान्वी कपूरजस्ता मल्टिस्टारको अभिनय रहने भनेर घोषणा भए पनि यो फिल्म कहिले बन्छ भन्ने अझसम्म टुंगो छैन ।
दोस्ताना २
फिल्म ‘दोस्ताना २’ को अवस्था उस्तै छ । कार्तिक आर्यन, कटरीना कैफ र जाह्नवी कपुरको अभिनय रहने भनिएको यो फिल्मबाट कार्तिकले हात झिकेपछि फिल्म निर्माण रोकिएको छ ।
इन्शाल्लाह
सलमान खान र आलिया भट्टको अभिनय रहने भनिएको फिल्म ‘इन्शाल्लाह’ पनि सलमान र निर्देशक सञ्जय लिला भन्सालीकै कारण रोकियो । रोमान्टिक ड्रामाको यो फिल्म ठूलो बजेटमा निर्माण हुने भनिए पनि निर्देशक र अभिनेताबीचको ‘रचनात्मक मतभेद’कारण बन्द भएको छ ।
मिस्टर लेले
अभिनेता वरुण धवनको अभिनय रहने भनिएको फिल्म ‘मिस्टर लेले’ को हालत पनि उस्तै छ । तर, निर्माण पक्षले भने यसलाई निरन्तरता दिने सोच बनाएका छन् । त्यसका लागि उनीहरुले विक्की कौशललाई अभिनय गराउने योजना बनाएका छन् ।
मुन्ना भाई चले अमेरिका
सञ्जय दत्त र अरशद वारसी स्टारर फिल्म ‘मुन्ना भाई चले अमेरिका पर’ पनि निर्माण नभई बन्द भएका छन् । यो फिल्मबारे पछिल्लो अपडेट कही कतै आएको छैन ।
चन्दा मामा दूर का
दिवंगत अभिनेता सुशान्त सिंह राजपूतको फिल्म ‘चन्दा मामा दूर का’को पनि निर्माण घोषणा भएपनि अहिलेसम्म निर्माण हुन सकेको छैन ।
पानी
अभिनेता सुशान्तकै अभिनय रहने भनिएको फिल्म ‘पानी’ पनि घोषणा पछि बन्द भएको छ ।
















विद्युत् प्राधिकरणको ‘डिजिटल पूर्वाधार कम्पनी’ सञ्चालनमा
राष्ट्रपतिद्वारा सहकारीसम्बन्धी अध्यादेश जारी
एमआरपी स्टिकर नटाँसिएका सामग्रीको भन्सार जाँचपास बन्द
निर्वाचन प्रणालीलाई थप व्यवस्थित बनाउन एकीकृत कानुन आवश्यकः कार्यवाहक प्रमुख आयुक्त भण्डारी
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
निजामती विधेयकको मस्यौदामाथि तीन हजार पाँच सय सुझाव
प्रतिक्रिया