रक्सी सेवन गरेका वडा सदस्यको गाडीले ठक्कर दिँदा सेनाको मृत्यु
काठमाडौँ । भरतपुर महानगर १९ का वडा सदस्य राजकुमार गुरुङको गाडीले ठक्कर दिँदा नेपाली सेनाका अमल्दारको मृत्यु भएको छ ।
मंगलपुरबाट रामपुरतर्फ जाँदै गरेको गुरुङ चढेको ग २ च ९०६२ नंको गाडीले भरतपुर महानगर १५ शीतलचोक नजिकविपरीत दिशाबाट आउँदै गरेको बा ३३ प १४५५ नंको मोटरसाइकललाई ठक्कर दिएको थियो ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार गाडीको ठक्करबाट मोटरसाइकलमा सवार कालीबहादुर गणमा कार्यरत अमल्दार तनहुँको व्यास नगरपालिका १२ घर भएका ३३ वर्षीय सुरज गुरुङको मृत्यु भएको हो । उनको उपचारका क्रममा चितवन मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
कार र चालक वडा सदस्य प्रहरीको नियन्त्रणमा रहेका छन् । वडा सदस्य गुरुङले मादक पदार्थ (रक्सी) सेवन गरेको पाइएको कार्यालयका प्रहरी नायब उपरीक्षक रविन विष्टले जानकारी दिए ।
पक्राउ परेका गुरुङ हालै मात्रै नेकपा (एमाले)बाट वडा सदस्यमा निर्वाचित भएका हुन् ।
















भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया