नौमती बाजा संरक्षणमा पालिकाको चासो

बागलुङ । बागलुङको पहिचानका रुपमा रहेको नौमती बाजा पछिल्लो समय लोप हुँने अवस्थामा छ । नौमती बाजा लोप हुन थालेपछि यहाँका स्थानीय सरकार नौमती बाजा संरक्षणमा जुटेका छन् ।
पुस्ता हस्तान्तराण अभाव, नौमती बाजाप्रति युवाले चासो नदिँदा र युवा विदेश पलायन भएका कारण बागलुङमा नौमती बाजा लोप हुने खतरा बढेपछि बागलुङका केही स्थानीय तहले वडा तहमा नौमती बाजा संरक्षण थालेका छन् ।
उनीहरुले नौमती बाजा बजाउने दलित समुदायका स्थानीयलाई प्रोत्साहनस्वरुप नौमती बाजा दिने अभियान चलाएको छ । बागलुङ नगरपालिका–७ को वडा कार्यालयले तीन वर्षअघिनै स्थानीय नौमती बाजा समूहलाई नौमती बाजा सहयोग गरेको थियो ।
यसलगत्तै काठेखोला गाउँपालिकाले दुई वर्षअघि नौमती बाजा संरक्षणका लागि पालिकाको प्रमुख नीति तथा कार्यक्रम नै बनायो । नौमती बाजा समूह विवाह, व्रतबन्धका साथै सुखद कार्यक्रममा शुभकार्यका लागि बाजा बजाउने प्रचलन छ ।
काठेखोला गाउँपालिकाले आठवटै वडामा एक-एक नौमती बाजा समूहलाई नौमती बाजा उपलब्ध गराएको थियो भने जिल्लाको ढोरपाटन नगरपालिकाले समेत नौमती बाजाको संरक्षणका लागि नौमती बाजा समूहलाई नौमती बाजा वितरण गरिसकेको छ ।
काठेखोला गाउँपालिकाका आठवटै दलित समुदयाका बाजा समूहलाई बाजा सेट प्रदान गर्न गाउँपालिको रु १० लाख बजेट विनियोजन गरेर कार्यान्वयन गरेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चूर्णबहादुर कार्कीले जानकारी दिए ।
स्थानीय पालिकाले हराउन थालेको नौमती बाजा संरक्षणमा चासो देखाएपछि नौमती बाजा बजाएर जीविका चलाउँदै आएका दलित समुदायका कलाकारलाई हौषला मिलेको थियो । काठेखोला गाउँपालिकाको सिको अन्य पालिकाका वडाले समेत गर्न थालेका छन् ।
जनताको घरदैलोको सरकारले नौमती बाजा बजाउनेलाई प्रोत्साहनका लागि बाजाका उपकरण सहयोग गरेपछि नयाँ बाजा खरिद गर्नै नसक्ने युवालाई समेत राहत पुगेको छ । आर्थिक वर्ष २०७८/०७९ मा बागलुङको गलकोट नगरपालिका–७ मल्मले नौमती बाजा संरक्षणका लागि बाजा समूहलाई नौमती बाजा उपलब्ध गराउने गरी बजेट विनियोजन गरेर कार्यान्वयन गरेको छ ।
मल्म वडा कार्यालयको रु दुई लाख र स्थानीय बाजा समूहको रु ४५ हजार साझेदारीमा बाजा समूहलाई एक÷एक थान नयाँ नौमती बाजा उपलब्ध गराइएको वडाध्यक्ष राजबहादुर थापाले जानकारी दिए ।
















भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
यूएईमाथि नेपालको रोमाञ्चक जित
परराष्ट्रमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
थप १९ चिकित्सकको लाइसेन्स खारेज
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया